नेकपालाई पूर्नजागरण र संगठित गर्नुपर्छ ः नेता अधिकारी

पोखरा, फागुन ४ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहका गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले तिन वर्षदेखि अस्तब्यस्त बनेको पार्टीलाई पूर्नजागर गर्नुपर्ने बताउनु भएको छ । फागुन १५ गते पोखरामा आयोजना हुने जनसभाका लागि जनपरिचालन कमिटिको बैठकमा बोल्दै उहाँले भन्नुभयो,‘तीन वर्षदेखि पार्टी चलेन र अब्यवस्थित बन्यो ।’ उहाँले जनताको घरदैलो र टोलटोलमा पुगेर नेकपालाई पूर्नजागरण र संगठित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यति बेला पार्र्टीमा विचारको युद्ध भैरहेको बताउदै एकिकणपछि पार्टी कम्यूनिष्ट पार्टी जस्तो बन्न नसकेको बताउनुभयो । कार्यकताहरुलाई एकिकरणका बेला जिम्मेवारी दिन नसकेको बताउदेै भन्नुभयो, ‘जिम्मेवारी नपाउदाँ धेरैको मन दुखेको होला । हामी बैचारीक युद्धमा छौ । त्यसैले विगतको कमजोरीबाट आत्मआलोचना गर्न चाहान्छु । अहिले विगतका असुन्तुष्टिलाई थाति राखेर पार्टी संगठन निर्माणमा जुटन आग्रह गर्छु ।’ पूर्वमन्त्री समेत रहनुभएका अधिकारीले पार्टीपतिका असन्तुष्टि र गुनासा फेरी राखौला तर अहिले पार्टी बनाऔँ भन्दै फागुन १५ गतेको जनसभालाई भब्य र सभ्य बनाउन सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो । १५ गतेसम्म सबैले घरको काम कम पार्टीको काम बढि गरौ उहाँले भन्नुभयो,‘फागुन १५ गतेसम्म सबै पार्टी फुलटाइमर कार्यकता बनौँ ।’

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जनसभालाई सफल बनाउन कार्ययोजना बनाएर जाने बताउनुभयो । उहाँले वडादेखि गाँउपालिकाको नेतृत्व चयन गर्नुपर्ने बताउदै पूर्ण संघीय ढाँचामा लैजाने बताउनुभयो । उहाँले नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा कास्कीलाई बलियो बनाउने गरी सबै जुटन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रभा कोइरालाले निर्वाचनमा जाने निर्णय स्वागत योग्य भएको बताउदै त्यसलाई जनताका माझमा पु¥याउन आग्रह गर्नुभयो । कार्यक्रम नेकपा केन्द्रीय सदस्य दामोदर बैरागीले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...