नेकपा कास्कीले मात्रै जनसभामा ६० हजार मान्छे उत्तार्ने

पोखरा, फागुन ५ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहले फागुन १५ गतेको जनसभामालाई भब्य र सभ्य बनाउन तयारी तिव्र बनाएको छ । पोखराको अमरसिंह चौरमा आयोजना हुने सभामा जनसहभागीता ब्यापक बनाउन गण्डकी प्रदेशका जिल्ला जिल्लामा बैठक, भेला र छलफल भैरहेका छन् ।जनसभामा सम्वोधन गर्न नेकपा ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।


गण्डकीका ११ जिल्ला मध्य प्रदेश राजधानीमा रहेको कास्कीले ६० हजार कार्यकता सभामा उपस्थित गराउने योजना बनाएको छ । नेकपा ओली समुहका केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीले ६० हजार जनता उत्ताने दावी गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरभित्रका ३३ वडाबाट ४० हजार, रुपागाँउपालिकाबाट ५ हजार, माछापुच्छे« गाँउपालिकाबाट ६ हजार, मादी गाँउपालिकाबाछ ६ हजार र अन्नुपर्ण गाँउपालिकाबाट ५ हजार र पेशागत, जनवर्गिय संगठनबाट तीन हजार उत्तार्ने दावी नेकपा कास्कीले गरेको छ ।

 

विशाल जनसभाका लागि जनपरिचालन कमिटिको बैठकमा नेकपा कास्कीका नेताहरुले ६० हजार जनता उत्तार्ने प्रतिबद्धता गरेका हुन् ।जनसभालाई लक्षित गरेर ६ गतेभित्र गाँउपालिका बैठक सम्पन्न गर्न निर्देशन समेत दिइएको छ ।वडा कमिटि, जनवर्गिय संगठन, मजदुर बृद्धिजिवी लगायत जनवर्गिय सगठनका बैठक भेला ८ गतेसम्म सम्पन्न गर्न अध्यक्ष थापाले निर्देशन दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...