“गहिरो थियो मेरो माया” सार्वजनिक

 पोखरा ।सन्तोष अधिकारी हाल अष्ट्रेलिया छन् । अष्ट्रेलिया भएता पनि नेपाली गीत संगीत र चलचित्रमा उनको सक्रियता देखिन्छ । अधिकारी एक सफल व्यवसायी हुन् । पोखरामा अधिकारी एएसएपी गु्रप र अरकेडी गु्रपसँग आबद्ध छन् । यस्तै तनहुँको बन्दिपुरमा बन्दै गरेको बन्दिपुर केवलकारमा समेत उनको लगानी छ । अधिकारीको लगानी यतिमा मात्र सिमित छैन । चलचित्र क्षेत्रमा समेत सह—निर्माताको भूमिकामा उनलाई देख्न सकिन्छ । पछिल्लो समय सफलता कमाउँदै गरेको सिनेमा “आमा” का अधिकारी सह—निर्माता हुन् ।


अधिकारीले अर्पण थापाको निर्देशनमा निर्माण भएको चलचित्र “घर” मा समेत सह—निर्माताको रुपमा काम गरेका छन् । चलचित्र “तीन जन्तु” जुन प्रदर्शनको क्रममा छ, त्यसमा अधिकारी निर्माता हुन् । व्यवसायिक सँगै चलचित्र क्षेत्रमा लगानी गर्दै आएका अधिकारी अब म्युजिक भिडियो निर्माणमा पनि होमिएका छन् । उनले निर्माण गरेको म्युजिक भिडियो हो “गहिरो थियो मेरो माया” । अजय कुमार अधिकारीको शब्द र संगीतमा रहेको गीतलाई गायक सनुप पौडेलले गाएका हुन् । जसमा निर्देशन समेत अधिकारीको छ ।

अधिकारीले उक्त म्युजिक भिडियोलाई निर्देशन मात्र गरेका छैनन् । अभिनय पनि उनको छ । जसमा उनलाई निखिला बुढाथोकीले साथ दिएकी छिन् । एएसएपी इन्टरटेन्मेन्ट अष्ट्रेलियाको प्रस्तुती सो म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियाको रमणीय स्थलमा गरिएको हो । नेपाली गीत संगीत र चलचित्र अब अन्तराष्ट्रिय मार्केटमा जानुपर्ने अधिकारी बताउँछन् । शुरुवात गरे नै सफलता मिल्नेमा उनी विश्वस्त छन् ।

उसो त कोरोना महामारी कै समयमा अधिकारीले अष्ट्रेलियामा “आमा” हलमै प्रदर्शन गराएका थिए । अधिकारी एक युवा समाजसेवी व्यक्ति पनि हुन् । विभिन्न रोग लागेर उपचारका लागि अस्पतालको शैयामा छट्पटाएका कति बिरामीलाई उनले सहयोग गरेका छन् । मानवता नै सबै भन्दा ठूलो धर्म भएको उनको तर्क छ । आगामी समयमा पनि नेपाली गीतसंगीत र चलचित्र क्षेत्रको उत्थानका लागि आफु लागिरहने प्रतिबद्धता उनले जनाएका छन् । लगानी, व्यवसाय, निर्देशन र अभिनय अधिकारीका रुचीका विषय हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...