पोखराको पार्किङ व्यवस्थापनमा पोउवा संघको चासो

पोखरा, फागुन ६ गते । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागिउद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथतथाबजार व्यवस्थापनउपसमितिको आयोजनामाबिहीबार भएको कार्यक्रममाबोल्दै संघकाअध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपायखोज्ने उदेश्यले सुझाव संकलनथालिएको बताए ।

पोखरा उद्योग वाणिज्य संघले यसअघिपोखराको फुटपाथमाहुने अनधिकृत व्यापार हटाउन खेलेको भूमिकाको स्मरणगर्दै अध्यक्ष कोइरालाले अहिले देखिएको समस्या समाधानको लागिपोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको बताए । उनले व्यवसायीले दिएका सुझावहरुमो आधारमा संघले आफ्नो धारणाबनाउने र समस्या सल्टाउनमहानगरलाई आग्रह गरिने जानकारी दिए ।

कार्यक्रममाबोल्दै संघकाउपाध्यक्षतथाफुटपाथतथाबजार व्यवस्थापनउपसमिति संयोजकअर्जुन पोखरेलले अव्यवस्थितपार्किङका कारणपोखराले आफ्नो सुन्दरतापनिगुमाएको र व्यवसायमापनिठूलो असर पु¥याएको चर्चा गर्दै व्यवस्थितपार्किङको लागि नै कार्यक्रमआयोजना गरिएको बताए ।
कार्यक्रममा सुझावदिने क्रममाव्यवसायीलक्ष्मणश्रेष्ठले पार्किङ शुल्कलिने गरी कार्डको व्यवस्था गर्न तथा सडकको एकातिर गाडी र अर्कोतिर मोटरसाइकलपार्किङ गर्दा राम्रो हुने बताए । व्यवसायी शेषकान्तढकालले दोकानअगाडि सामानझार्दा र लैजाँदापनिपार्किङ शुल्कमाग्ने गरिएको बताउँदै स्थायीपार्किङ स्थलनिर्माणहुनुपर्नेमा जोड दिए ।

 

व्यवसायीचन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमाडुलेर पार्किङ शुल्कउठाउने गरिएको बताउँदै एक–एक घण्टामापार्किङ शुल्कलिने परिपाटीगलतभएको बताए । संघकापूर्व उपमहासचिव रामजीबास्तोलाले पार्किङ शुल्कव्यवहारिक हुनुपर्नेमा जोड दिए । नरेन्द्र आचार्यले नगरबसहरुले जतापायो त्यतै मान्छे झार्ने र ओराल्ने गर्दा समस्या परेको बताए । रामकृष्ण ढुंगानाले फिरन्ते व्यापारीहरुले घरघर गएर सामान बेच्दा कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा परेको बताए । पोखरा उद्योग वाणिज्य संघकाकार्य समिति सदस्यबालकृष्ण कोइरालाले ट्राफिकनियमउलंघनहुँदामनोमानी रुपले जरिबानातिराइने गरेको गुनासो गरे । संघकापूर्व उपाध्यक्षमीनराजकाफ्लेले महानगरले जग्गाव्यवस्थापनगर्दै सशुल्कपार्किङ स्थलबनाउनुपर्नेमा जोड दिए ।

 

संघकाकार्यसमिति सदस्य हरिराजपन्तले मालबाहक सानागाडीहरुलाई विभिन्नबहानामाट्राफिकप्रहरीले दुःखदिने गरेको बताए । व्यवसायीबासु त्रिपाठीले भावनामा बगेर पोके व्यापारीलाई संरक्षणनगर्न व्यवसायीहरुसँग आग्रह गरे । अर्का व्यवसायीविष्णुप्रसाद तिमिल्सिनाले सडकमा कर उठाउनु नाजायजभएको बताए । यस्तै कार्यक्रममाबोल्दै व्यवसायी किरणढकालले व्यवसायीकै संरक्षणका कारणफुटपाथमाव्यापार बढेको जिकिर गरे । व्यवसायी देवराजआचार्यले पोखराको ट्राफिकव्यवस्थापनमामहानगरले उदाशिनता देखाएको आरोप लगाए । संघकापूर्वउपाध्यक्षमाइकलकर्माचार्यले पार्किङ व्यवस्थापनको लागिमहानगरले सार्वजनिकनिजी साझेदारीको अवधारणामा टेकेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । कार्यक्रममा सहभागिहरुलाई धन्यवाददिँदै संघकाउद्योगतर्फका उपाध्यक्षगोकर्ण कार्कीले व्यवसायीहरुका सुझावलाई संघले गम्भीरतापूर्वक लिएको बताए । सहभागिहरुले पार्किङको लागिबनाइएको अण्डरग्राउण्डहरु सोहीप्रयोजनमालगाउन, आकासे पुलहरु बनाउन, ट्राफिकअवस्थाबारे जानकारी दिनको लागिएप्सको निर्माण गर्न र व्यवस्थितपार्किङस्थलनिर्माण गर्न बढी जोड दिएकाथिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...