मुख्यमन्त्री कपमा सेमिफाइनल समिकरण पुरा

पोखरा, फागुन ६ गते । मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ म्याग्दी, तनहुँ र पर्वत र कास्कीसँग सेमिफाइनल प्रवेश गरेका छन् । यता पुरुष वर्गमा स्याङजा, पर्वत, तनहुँ, म्याग्दी सेमिफाइनल प्रवेश गरेका छन् ।


कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो । महिला तर्फ म्याग्दीले स्याङजामाथि २५–५, २८–२६ को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । त्यसैगरी तनहँुले पनि हिमालपारीको जिल्ला मुस्ताङलाई सोझो सेटमा पराजित गर्ने क्रममा २५–८, २५–९ को नजिता निकाल्यो ।

पर्वतले नवलपुरमाथि पनि सोझै सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । पहिलो सेट २५–८, २५–५ को सेटमा पराजित गरेको थियो । कास्कीले बाग्लुङमाथि कठिन जित दर्ता गर्यो । पहिलो सेट १९–२५ मा गुमाएको कास्कीले दोस्रो र तेस्रो सेट भने आफनो पक्षमा पार्दै अन्तिम चारमास्थान पक्का बनायो । दोस्रो सेट २५–२३ मा लिएको थियो । अन्तिम सेट भने २५–१८ ले लिद ैं सेमीफाईनल सुरक्षित बनाएको थियो ।

बिहीबार भएको प्रतिस्पर्धामा स्याङजाले बाग्लुङलाई २५–२० र दोस्रो सेट २७–२५ ले पराजित गर्दै सेमीफाईनल प्रवेश गर्यो । त्यसैगरी म्याग्दीले कास्कीमाथि २५–१९, २५–१२ को सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो नवलपुरमाथि तनहुँले २५–१८, २५–२०ले पराजित गरेको थियो । पर्वतले भने वाक ओभर पाउँदै अन्तिम चारमा सुरक्षित रह्यो । गोरखाको अनुपस्थितिमा पर्वत स्वत विजयी भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...