प्राविधिक र व्यहावहारिक शिक्षामा जोड दिनुपर्छ ः सांसद बराल

पोखरा, फागुन ६ गते । गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। कास्कीको माछापुच्छ«े गाउँपालिका रिभान ५ स्थित निष्पक्ष मा.वि. हालै सम्पन्न भएको ५९ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी सांसद बरालले अहिलेको अबस्थामा सैद्धान्तिक भन्दा प्राविधिक तथा व्यवहारिक शिक्षामा नै जोड दिनुपर्ने बताएका हुन्।

उनले भने “ हाम्रो शिक्षा नितीले धेरै बेरोजगार शैक्षिक जनशत्ति उत्पादन गरेको छ, यसमा बजारमा माग भए अनुसारको सिप युत्त तथा प्राविधिक एवं व्यहारिक ज्ञान भएका निकै न्यून सङख्यामा जनशत्ति उत्पादन भएको छ । ” भूगोलका हिसावले धेरै ठाँउमा बिद्यालयहरु स्थापन भए पनि अब यातायातको कारण बिद्यालयहरुको गुणस्तरको लागि र बिद्यालयको भविश्यको लागि मर्जको सिस्टममा जानको लागि अब बहस सुरु गर्नु पर्ने सांसद बरालको भनाई थियो ।

 

गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक तिलकप्रसाद सिलवालले कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र विस्तारै सुधार हुदै गएको बताउदै अझै पनि कोरोनाको प्रभाव भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई, शिक्षा कास्कीका प्रमुख लाल प्रसाद पोख्रल, नेपाल सेकोस अफ वेल्जियमका पूर्व अध्यक्ष राम प्रसाद तिमिल्सिना, बिद्यालयका प्रध्यानाध्यापक दुर्गा बहादुर रावत, सहप्रध्यानाध्यापक सोमनाथ लामिछाने, शिक्षक जीत बहादुर क्षेत्री, शिक्षिका माया पौडेल लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।

 

उक्त अवसरमा बर्ष उत्कृष्ट शिक्षकबाट सन्ध्या अधिकारी लामिछाने, निर्मला ढुंगाना र माया पौडेल सम्मानित भएका छन्। बिद्यालयमा करिब १० वटा अक्षयकोष स्थापना भएको छ । बिद्यालयमा ३ सय जना बिद्यार्थी रहेको शिक्षक शिव प्रसाद भुषालले बताए । उनका अनुसार बिद्यालयमा शिक्षक कर्मचारी १९ जना रहेका छन भने निजी श्रोतबाट ५ जना शिक्षकको व्यबस्थापन हुदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...