दर्शन बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई सहयोग

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ छोरेपाटनले आफ्नो ११ औं जन्मोत्सवको अवसर पारी वात्स्यायन वृद्धाश्रम पोखरा १४ लाई आर्थिकको साथै खाद्य सामाग्री, म्याट,ग्यास चुलो, लगाएत सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष बिष्णु उच्चैले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त सहयोग गरेको बताउदैं अझै सहयोग गर्ने र आमा बा सेवा गरेकोमा वात्स्यायन वृद्धाश्रमका सहयागीहरु प्रति कृतज्ञ व्यक्त गर्नु भयो ।

उहाँले १२ हजार ५ सय पाँच रुपैँया वृद्धाश्रमका उपाध्यक्ष रेशम जि. सी.लाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी, व्यवस्थापक, कर्मचारीहरु, शेयर सदस्यहरुको सहभागितामा रकम हस्तान्तरण गरिएको सहकारीका सचिव फम सिंहले जानकारी दिनुभयो ।सहकारीका निर्वतमान अध्यक्ष खिम बहादुर शाहिले आफ्नो पालामा सुरु गरेको कार्यलाई निरन्तरता दिएकोमा नयाँ कार्य समितिलाई धन्यवाद व्यक्त गर्दै सहयोग निरन्तर रहने बताउनु भयो ।

 

उक्त कार्यक्रममा वात्स्यायन वृद्धाश्रमका उपाध्यक्ष रेशम जि. सी.ले वृद्धाश्रम चलाउन सजिलो नभएको बताउदैं सबैजनाको सहयोग सञ्चालन गर्न सजिलो भएको जानकारी दिनु भयो । उहाँले कार्यालय सचिव पंडित युवराज वाग्ले र वाग्लेको परिवारले वृद्धाश्रममा पुरै समय दिएर गरेको कार्यको प्रशंसा गर्नु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...