डिएससी काठमाण्डौको बिजयी सुरुवात

टिम डिएससी काठमाण्डौले द अरनिको ट्रफी २०२१ मा बिजयी सुरुवात गरेको छ । डिएससी काठमाण्डौ र गण्डकी प्रदेश विच ५० ओभरको महिला ६ एक दिवसिय सिरिजको पहिलो खेलमा डिएससी काठमाण्डौ गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पार्न सफल भएको हो ।


टस जितेर पहिले ब्याटिङ्ग गरेको गण्डकी प्रदेश ३७.३ ओभरमा सवै विकेट गुमाउँदै १५३ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि अञ्जली बि.क.ले ७९ बल खेल्दै ३७ रन जोडेकी थिईन् । यस्तै सृष्टि पौडेल ३७ बलमा २६ रन र सिमाना के.सी.ले २७ बलमा २० रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ डिएससीकी खुशी डङ्गोलले ९ ओभरमा ३९ रन खर्चदै ३ विकेट लिएकी थिईन् । यस्तै राजमती ऐरीले ५ ओभरमा १ मेडन सहित ५ रनमा २ विकेट हात पारेकी थिईन् ।


१५४ रनको लक्षका साथ मैदानमा आएको डिएससी काठमाण्डौले २४.२ ओभरमा ८ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । जसमा राजमती ऐरीले ४७ बलमा ३६ रन जोडिन् । यस्तै हेलिशा गुरुङ्गले २६ बल खेलदै १९ रन र अश्मिना कर्माचार्यले ४३ बल खेल्दै १८ रन जोडिन् । बलिङ्ग तर्फ गण्डकी प्रदेशकी अलिशा लामिछानेले ९.२ ओभर बलमा ५२ रन खर्चदै ६ विकेट लिईन् । यस्तै शिला रेग्मी क्षेत्रीले ५ ओभरमा १ मेडनका साथ २९ रन खर्चदै १ विकेट लिईन् ।


प्रतियोगिताको प्लेयर अफ दि म्याच डिएससी काठमाण्डौकी राजमती ऐरी घोषित भईन् ।अघिल्लो समाचारमा डिएससी काठमाण्डौ हुनु पर्नेमा काठमाण्डौ प्रदेश हुन गएकोले क्षमा माग्दै सच्चाउन अनुरोध गर्दछु ।महिला खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले डिएससी काठमाण्डौ र गण्डकी प्रदेश विच ६ एक दिवसिय फ्रेण्डली प्रतियोगिता आयोजना गरिएको हो । जसमा तीन एक दिवसिय खेल पोखरामा र ३ खेल काठमाण्डौमा आयोजना हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...