अनेरास्वबियू कास्कीको रक्तदानमा १ सय ३३ युनिट संकलन 

पोखरा, फागुन ८ गते । अनेरास्वबियू कास्की जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।अनेरास्वबियू केन्द्रिय सदस्य तथा जिल्ला कमिटी संयोजक विवेक देवकोटाका अनुसार १ सय ३३ युनिट रगत संकलन भएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद राजिव पहारील अनेरास्वबियू गतिशिल एवम् क्रियाशिल भएर अगाडी बढ्ने संगठन भएको बताउँदै अझ क्रियाशिल र रचनात्मक बन्न आग्रह गरे ।

उनले मुलुक अब युवा नेतृत्वको जिम्मेवारीमा अगाडी बढ्ने बताए । अनेरास्वबियू सचिवाल सदस्य आर्शिवाद सुवेदीले अनेरास्वबियू सदैव रचनात्मक र सामाजिक कार्यमा क्रियाशिल रहंदै विद्यार्थीका हक हितको पक्षमा निरन्तर लागि रहने बताए ।

कास्की संयोजक देवकोटाले अनेरास्वबियू केन्द्रिय कमिटीको सर्कुलर अनुरुप रक्तदान गरिएको जानकारी दिदैं रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...