मुख्यमन्त्री कप भलिबलको फाइनल आज, महिलामा म्याग्दी र पर्वत, पुरुषमा स्याङजा र तनहुँ भिडदै

पोखरा, फागुन ८ गते । पोखरा रंगशालामा जारी मुख्यमन्त्री गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनल आज हुदै छ । महिलाको उपाधिका लागि म्याग्दी र पर्वत तथा पुरुषको उपाधिका लागि स्याङजा र तनहुँवीच प्रतिस्पर्धा हुदै छ । महिला तर्फ तेश्रो स्थानका लागि तनहुँ र कास्की तथा पुरुष तर्फ म्याग्दी र पर्वत भिड्नेछन ।

शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न महिला तर्फको सेमिफाइलन खेलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरेको छ । म्याग्दीले तनहुँलाई २५–११,२५–१९ र २५–१३ सोझो सेटमा पराजित गदै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई ३–० कै सोझो सेटमा पाखा लगाउदै म्याग्दीसंगको फाइनल भेट पक्का बनायो । पर्वतले कास्कीमाथि २५–१५, २५–२३ र २५–१२ को सेटमा जित निकाल्दै फाइनल प्रवेश गर्यो ।

यता पुरुष वर्गको फाइलनमा तनहुँ र स्याङजा प्रवेश गरेका छन् । पोखरा रगशालाको भलिबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्याङजाले पर्वतलाई २५–१९, २७–२५, २५–२१,२५–१९ को सेटमा हराउदै उपाधि होडमा स्थान सुरक्षित बनायो । अन्तिम सेमिफाइनल खेलमा तनहुँले म्याग्दीलाई २५–२१,३२–३०, २५–१४, २५–२० को सेटमा पाखा लगाउदै तनहुँसंग फाइनल भेट पक्का बनायो । प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २÷२ लाख र ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताउनुभयो । त्यस्तै तेस्रो हुने टोलीले ५०÷५० हजार प्राप्त गर्ने छने ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पुरस्कार स्वरुप प्राप्त गर्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...