मुख्यमन्त्री कप महिला ÷पुरुष भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई 

एकराज गिरी

पोखरा, फागुन ८ गते । प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला÷पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ तनहुँ र महिलामा म्याग्दी जिल्लाले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार सम्पन्न पुरुष तर्फको फाइनल खेलमा तनहुँले स्याङजालाई २५–२३, २५–१७, २५–२०, १३–२५ र १५–१० को सेटमा पराजित गदै उपाधि जितेको हो । तनहुँले उपाधिसंगै २ लाख, टफि, मेडल र प्रमाणपत्र जित्यो भने उपविजेता बनेको स्याङजाले नगद १ लाख, टफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । यता महिलाको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गदै  च्याम्पियन बन्यो । उपाधि आफनो पोल्टामा पार्न म्याग्दीले पर्वतलाई २५–१४, २५–१४ र २५–१७ को सोझो सेटमा पाखा लगायो । म्याग्दीले उपाधिसगै २ लाख नगद प्राप्त गर्दा उपविजेता पर्वतले १ लाखमा चित्त बुझायो ।

तेस्रो स्थानको लागि शनिबार भएको महिलाको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित  गदै नगद ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुरुष तर्फको तेस्रो स्थानमा भने पर्वत रह्यो । पर्वत जिल्लाले म्याग्दीलाई २३–२५, २५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै नगद ५० हजार पुरस्कार प्राप्त गरयो । महिला तर्फको तेस्रो स्थानमा भने तनहुँले कास्कीलाई पराजित गर्दै तेस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित हुनुभयो । पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित हुनुभयो । यसैगरी विधागत महिला तर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित हुनुभयो ।

 

त्यसैगरी पुरुष तर्फ विधागत पुरस्कार क्रमश स्पाईकरमा तनँहुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनँहुका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित हुनुभयो । विधागत विजेता खेलाडीहरुलाई नगद ५र ५ हजारसहित ट्रफी र पदक प्रदान गरियो । विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गर्नुभयो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...