तामाङ बौद्ध सेवा समितिले सोनाम ल्होछार मनायो

पोखरा, फागुन ९ गते ।पोखरा महानगरपालिका वडा नं. १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिले मञ्जु श्री सम्बत २८५७ औं सोनाम ल्होछार(लाङ)को सन्दर्भमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना संक्रमणको सर्तकता अप्नाउदै तामाङ बौद्ध सेवा समितिको भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका पुर्व अध्यक्ष धनप्रसाद तामाङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सोनाम ल्होछार तामाङहरुको मौलिक पहिचान, सँस्कृति, सभ्यता भएकाले ल्होछारलाई प्रष्ट बुझ्नुपर्ने बताउनुभयो। सोनाम ल्होछार केहो, ल्होहरु र ल्होकोरको महत्व लगायतले ल्होछारको विविध पक्षमा प्रष्ट्याउनु भएको थियो।

 

कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका पुर्व कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, संघीय समितिका सचिवालय सदस्य दीपक तामाङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ कास्कीका पुर्व काबा अध्यक्ष नासु रामप्रसाद सम्देन, पोखरा महानगर समिति अध्यक्ष टेक बहादुर तामाङ, नेपाल तामाङ महिला घेदुङ पोखराकी अध्यक्ष पवित्र तामाङ, तामाङ बौद्ध सेवा समितिका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार केशबहादुर थिङ लगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै तामाङ एकता, ल्होछारको महत्व र अधिकारका बारेमा सम्पुर्ण सचेत हुन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा तामाङ बौद्ध सेवा समितिलाई विशेष सहयोग गर्नुहुने समाजसेवी क्या.धनबहादुर तामाङलाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने सहयोगीहरु जसपाल तामाङ लगायतले सम्मान गरिएको थियो।

सम्मानित भएपश्चात क्या.धनबहादुर तामाङ र जसपाल तामाङले शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

तामाङ बौद्ध सेवा समितिका अध्यक्ष बुद्धिबहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु योञ्जन तामाङ र सञ्चालन सचिव बृजेश तामाङले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...