पार्टी एकताको नाममा संगठनमा अराजत्ता हाबी भयो ः युवा नेता पुन

पोखरा, फागुन ९ गते । राष्ट्रीय युवा संघ नेपालका केन्द्रिय सदस्य बिष्णु पुनले पार्टी एकताको ३ बर्षको अबधिमा पार्टीका सकारात्मक काम केही हुन नसकेको बताउदै त्यसले संगठन भित्र अराजक्त्ता र नेतृत्वको पिछलङु प्रवृत्ति हाबी भएको बताउनुभएको छ ।


राष्ट्रीय युवा संघ नेपाल वडा कमिटी पोखरा १५ को युवा भेला एवं बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संगठनको काम , गतिविधि तथा आन्दोलनमा कुनै सहयोग नगर्ने तर नेताको पछि लागेर नेता हुने र संगठनलाई नीति विधि र प्रक्रिया बाट नभै हुलहुज्जत र दबाब बाट नेतृत्व स्थापित गर्ने अराजक प्रवृत्ति हाबी भयो ।यस्ता प्रकारका गलत प्रवृत्तिको बिरुद्ध युवाहरु सधै सघर्षको मैदानमा खटिरहने छौ ।’

उहाँले सम्पुर्ण कार्यकतालाई गलत प्रवृत्तिको बिरुद्ध एकजुट हुन आग्रह गर्नुभयो । संगठनमा नबअबसरबादी र उपयोगबादिहरुको चलखेल बढेको बताउदै महाधिवेशन पछि सबै खाले अराजक्त्ता र पिछ्लगुु प्रवृत्तिको अन्त्य कार्यक्रताले गर्ने बिश्वास बेत्त गर्नुभयो । युवा भेलालाई सम्बोधन गर्दै पुनले भन्नुभयो, हामी हाम्रो जिबनकालमा हाम्रै अगुवाई र नेतृत्वमा यो समाजलाई समृद्ध र नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौं त्यसका लागि सबै युवाहरुलाई राष्ट्रीय युवा संघ नेपालमा गोलबन्द हुन आग्रह गर्नुभयो ।

 

उहाँले केपी ओलिले नेतृत्व गरेको नेकपा पार्टीको माध्यम बाट मात्रै जनताको सदियौ देखिको सपना साकार पार्न सकिने बिश्वास ब्यक्त गर्नुभयो ।भेलालाई नेपाल कम्युनिस्ट पार्टी पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेल, युवा सघ नेपाल कास्किका पुर्बअध्यक्ष दर्शन लामा, युवा नेता दिलिप न्यौपाने , तोरन बानियाँ र नवीन गुरुङले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यसैवीच भेलाले पुनः पुर्ण गुरुङको नेतृत्वमा आगामी २ बर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको युवा सघ नेपाल पोखरा महानगर कमिटिका सहसचिब खगेन्द्र छेत्रीले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा राजु गुरुङ सचीव नवीन भुजेल, सहसचिव सन्तोष बिश्वकर्मा कोषाध्यक्ष उमेश बिस्कुने र सदस्यहरु नसिब भण्डारी, पुर्णबहादुर गुरुङ, छितिज थापा, साजुराम परियार, रन्जिता रानाभाट, राजकुमार तामाङ, बुद्ध गुरुङ , बिक्रम छेत्री , आशिष् गुरुङ , नानुमाया नेपाली, पुनम थापा, रामचन्द्र परियार , सरोज गुरुङ , जीवन गुरुङ , राजसिह जलारी, दिपक परियार रहेको २१ सदस्यीय कार्यसमिति चयन गरि भेला सम्पन्न भएको जानकारी नबनिर्वाचित अध्यक्ष पुर्ण गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...