जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’ (भिडियो)

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन् । ‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ ।

नेपाल १२५ जात–जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश हो । यही वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गरेका छन् ।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ । जस्तैः लिम्बू–राई–तामाङ–नेवार–गुरुङ–मगर–थारू–मुस्लिम–मधेसी–क्षेत्री–बाहुन–दलित ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ यो गीत । यस गीतले नेपाली हुनुमा असाध्यै गर्व गर्छ । साथै सबै जात–जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गर्छ । सारमा यस गीतले वैचारिक सन्देश दिएको छ ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन् । शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । समग्रमा गीत सुन्दर र उत्कृष्ट छ ।

देशभक्तिपूर्ण गीत

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...