अनन्ता सामुदायिकको २३ औ वार्षिक साधारण सभा,  विभिन्न व्यक्तीहरुलाई सम्मान 

पोखरा, फागुन  १० गते । पोखरा महानगरपालिका २ विन्ध्यवासिनी स्थित अनन्ता सामुदायिक सेवा समितिले आफनो २३ औ साधारण सभा सम्पन्न गरेको छ । समितिले आफनो वार्षिक साधारण सभा सगै कार्यक्रममा विविध क्षेत्र सम्बद्ध व्यक्तीहरुलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा पोखरा २ भित्र वसोवास गर्नेमध्ये ज्येष्ठ नागरिक पुरुष तर्फ सन्त बहादुर गुरुङ्ग र महिलातर्फ मसन्ती गर्वुजा पुनलाई दोसल्ला र कदर पत्रका साथ सम्मान गरिएको थियो । २०७६ सालको एसईई परीक्षा उत्र्तिण सदस्यका बाबुनानीहरु रोशनी पराजुली, अंकिता रेग्मी, होम ब.कुमाल, आयुष सुवेदी, सन्तोष सुवेदी, सुस्मिमता सुवेदी, आकृति पराजुली, सुमित पराजुलीलाई कदर पत्रका सहित सम्मान गरिएको थियो ।

यसै गरि कार्यक्रममा समितिका पूर्व सल्लाहकार एंव ने.रे.सो उपशाखा २,३ का सभापति खगेन्द्रराज पराजुलीले आफना स्वर्गीय पिताको स्मृतीमा स्थापना गर्नु भएको गुणराज स्मृति छात्रवृत्ति पुरस्कारवाट विन्ध्यावासिनी मा.वि. वरपाटनका विद्यार्थी समीत दर्जी र विपिन नेपालीलाई प्रदान गरिएको थियो । त्यसै गरि समितिको पूर्व अध्यक्ष विजया रेग्मी, समितिमा दुई कार्यकाल काम गरेका सदस्यहरु यमुना रेग्मी, उमा सुवेदी, क्षेत्र कुमारी रेग्मी र बिमला रेग्मीलाई समेत सम्मान गरिएको थियो ।

सभामा सचिव सरिता सुवेदीले पेश गरेको समितिको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी रेग्मीले पेश गरेको वार्षिक आय व्यय पारित भएको थियो । समिति यस अघि तुलसी मेहर राष्ट्रिय पुरस्कार २०६३ वाट सम्मानित भएको थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले समितिमा आइपर्ने जुनसुकै प्रशासनिक, भौतिक र समस्यामा सक्दो सहयोग गर्ने बचनद्धता व्यक्त गदै समितिले गरेको कामको प्रंशसा गरेका थिए ।

समितिका अध्यक्ष रंगीता सुवेदीले अध्यक्षता सम्पन्न सभामा विशेष अतिथिद्धय पोखरा १ की वडा अध्यक्ष शारदा कुमारी पराजुली,  पोखरा २ का वडा अध्यक्ष रामेश्वर मल्ल, संंस्थापक सल्लाहकार विनोद पराजुली, समितिका पुर्व अध्यक्ष विजया रेग्मी, पुर्व अध्यक्ष माया सुवेदी, सम्मानित सदस्यका तर्फवाट विमला रेग्मी, उपाध्यक्ष कमला पराजुली, सह सचिव हेमादेवी रेग्मी, कार्यक्रम संयोजक शुसिला पराजुली लगायतले समितिले विगतदेखीनै समाजमा उल्लेखनीय कार्य गर्दै आइरहेकोमा भविष्यमा यसलाई निरन्तर रुपमा अघि बढाउन शुभकामना दिएका थिए ।

कोरोनाका कारण विगत वर्षहरुमा जस्तै समितिले आफनो नियमित सगै अन्य सामाजिक कामहरु गर्न नपाएको जानकारी दिदै अध्यक्ष रंगीता सुबेदीले कोरोना असरको न्युनतासँगै आगामी दिनहरुबाट आफ्ना क्रियाकलापहरु पुनः सञ्चालन गदै जाने बताईन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...