अन्नपूर्णले चैत २१ गते रक्तदान कार्यक्रम गर्ने

पोखरा, फागुन ११ गते ।रेडियो अन्नपूर्णले यस बर्ष आउँदो चैत २१ गते रंत्तदान कार्यक्रम गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यस बर्ष पनि चैतको तेश्रो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले जानकारी गराए ।

यसैबिच स्टेशन म्यानेजर मल्लको अध्यक्षतामा सोमबार बसेको बैठकले रेडियोका बरिष्ठ संवाददाता दीननाथ बरालको संयोजकत्वमा तयारी समिति समेत चयन गरिएको छ ।

 

समितिको सहसंयोजकमा बरिष्ठ संवाददाता माधव बराल र संवाददाता सन्तोष बस्याल समेत चयन भएका छन् । रेडियोले यस बर्ष पनि आफ्ना शुभेच्छुकहरुको साथ र सहयोगले नयाँ रक्तदाताहरुको खोजि गर्ने अभियानमै रहेको संयोजक बरालले जानकारी गराए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...