बेसीसहर शाखामा सित्तैमा जाँच, बालिङमा चाडै शाखा

पोखरा, फागुन १३ गते ।हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।


शाखामा थाइराइड, होलबडी लगायत अन्य सबै रोग रक्त परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ । त्यो क्षेत्रका बासिन्दामा मधुमेह, बाथ, खानपिनबाट हुने समस्या बढी देखिएकाले उनीहरुलाई सित्तैमा गुणस्तरीय सेवा दिन यो योजना ल्याएको पन्तले बताए ।

युआरएलले चैत १ गतेदेखि स्याङ्जाको वालिङमा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि पोखराको न्युरोड, सभागृहचोकमा प्रधान कार्यालय, तनहुँका दमौली र दुलेगौंडा र लमजुङ बेसीसहरको सेराचोकमा युआरएलले शाखा खोलिसकेको छ । गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए ।

युआरएलले स्थापनाको ८ वर्षमा ८० हजारभन्दा बढीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...