खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

पोखरा, फागुन १६ गते । नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले पोखरामा रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीको अध्यक्षतामा भएको सभामा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत गरेका थिए ।

संस्थान प्राङगणमा भएको कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी केदार धमला र अच्युत घिमिरेले सञ्चालन गरेको कार्यक्रममा अनिल शर्मा सुवेदी, बमबहादुर राना, शिवप्रसाद पौडेल र सुरेन्द्र सिल्पकार प्रतियोगिता विजयी बनेका थिए ।

 

यता नेपाल खानेपानी संस्थानमा कार्यरत मिटर रिडर कलबहादुर थापालाई ५० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । प्यरालाईसिस विरामी थापालाई कार्यरत कर्मचारीबाट संकलित रकम प्रदान गरिएको हो ।

 

नेपाल खानेपानी संस्थान कर्मचारी संघको अगुवाईमा संकलित रकम पोखरा शाखा प्रमुख आशिष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारीले संयुक्तरुपमा थापाका परिवारलाई हस्तान्तरण गरेको नेपाल खानेपानी संस्थान कर्मचारी संघका कोषाध्यक्ष सिमाना केसीले जानकारी दिइन् । संस्थानको वार्षिकोत्सवको अवसरमा पोखरा शाखामा कार्यरत कर्मचारी हर्कबहादुर गुरुङ, लक्ष्मण पाण्डे, रेखा केसी, श्याम देवकोटा, विनोदबहादुर सार्की उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भएका थिए ।

 

उत्कृष्ट कर्मचारीमा झलकराम अधिकारी हेमजा शाखाबाट पुरस्कृत भएको नेपाल खानेपानी संस्थान हेमजाका प्रशासन प्रमुख कृतिनाथ देवकोटाले जानकारी दिए ।नेपाल खानेपानी संस्थानको वार्षिकोत्वको अवसरमा एसइईमा देशैभरबाट उत्कृष्ठ अंक ल्याउने ३ मध्ये पोखरा शाखामा कार्यरत शिवराज भण्डारीका छोरा सुशासन भण्डारीलाई पुरस्कृत गरिएको प्रशासन सहायक वसन्तराज भण्डारीले जानकारी दिए ।

सभामा कार्यालय प्रमुख कार्कीले सबै कर्मचारीको एकतालेमात्र उपभोक्तालाई सेवा दिन सकिने धारणा राखेका थिए । प्रमुख कार्कीले पुरस्कृत कर्मचारीलाई बधाई दिँदै पुरस्कार प्राप्त नगरेका कर्मचारीलाई आगामी वर्षमा उत्कृष्ट सेवा गरी पुरस्कार पाउने बातावरण बनाउन सुझाएका थिए । खानेपानी संस्थानले देशैभरका शाखा कार्यालयमा शनिबार साँझ दिपावली गर्दै ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...