नेलब्वो नेपालद्धारा कविशिरोमणि विद्यालयमा सहयोग

लेखनाथ,फागुन १६ गते । विपन्न समुदाय र जौविक बिबिधताको क्षेत्रमा सहयोग गर्दै आएको नेलब्वो नेपालले पोखरा २७ को कविशिरोमणि लेखनाथ आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।विद्यालयको गुणस्तरीय शिक्षाको लागी संस्थाले नगद ३ लाख ७९ हजार ९ सय तिस रुपैंया सहयोग गरेको हो । संस्थाका अध्यक्ष एकदेव देवकोटाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

पोखरा–२७ अर्चलेमा रहेका लेखनाथ आधारभुत विद्यमलयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्रि तथा संघिय सासंद खगराज अधिकारीले शिक्षाले ज्ञान र अनुशासनको बाटो देखाउने भएकाले विद्यार्थीहरुको पहिलो पाठशाला घर भएको हुदाँ अभिभावकले आफना वावु नानीहरुलाई असल कुरा सिकाउनु पर्नेमा जोड दिएका थिए ।

 

प्रत्येक मानिसमा केही न केहीका प्रतिभा हुने भएकाले विद्यार्थीमा भएको अन्तरनिहीत प्रतिभाको पहिचान गरि उनिहरुको चाहाना अनुसारको शौक्षीक वातावरण सुजना गर्नका लागि विद्यालयको मुख्य भुमिका हुने भएकाले सोही अनुसार गर्न हुन समेत नेता अधिकारीको सुझाव रहेको थियो ।यस्तै वडा नंं २७ का अध्यक्ष पुर्णकुमार गुरुङ्गले जनप्रतिनिधीहरु आईसकेपछि विद्यालयको अवस्थामा धेरै परिवर्तन आएको दावी गर्दै आगामी दिनहरुमा आफु सहयोगको लागी तयार रहेको वताएका थिए ।

 

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विद्यालयको शैक्षिक विकासमा टेवा पुगोस भन्ने उद्धेश्यले सहयोग प्रदान गरेको वताउँदै आगामी दिनहरुमा सहयोग निरन्तर रहने वताएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...