भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

नयाँदिल्ली, ।भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार ४७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको भारतको परिवार कल्याण्ड तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएको छ । कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।


सोही अवधिमा कुल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् भने कुल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...