भारतमा पछिल्लो चौबीस घण्टामा ५९ हजार ११८ जना संक्रमित थपिए

नयाँदिल्ली, चैत १३ गते।
भारतमा पछिल्लो चौबीस घण्टामा ५९ हजार ११८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको छ ।


भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण्डा मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ६० हजार ९४९ पुगेको छ । हाल चार लाख २१ हजार ६६ जनामा संक्रमण सक्रिय अवस्थामा छ । हालसम्म एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । हालसम्म पाँच करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...