सृजना मा.वि.मा अतिरिक्त क्रियाकलाप सम्पन्न

पोखरा, चैत १३ गते । पोखरा वडा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा कक्षा ९–१० का लागि ‘नेपाली कविता वाचन प्रतियोगिता’ तथा कक्षा ६–८ का लागि नेपाली निबन्ध लेखन प्रतियोगिता र कक्षा २–५ का लागि नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

जसअन्तर्गत हस्तलेखन प्रतियोगितामा कक्षा २ का सम्भवी जैसी, नितेश थापा, प्रसिद्धि क्षेत्री, सुवर्ण सुवेदी कक्षा ३ का सम्भवी परियार, रविन्स खड्का, आदित्य पौडेल, जेनिशा श्रेष्ठ कक्षा ४ का निकिता अधिकारी, निर्जना महतो, दिया महत, मानुषी चालिसे कक्षा ५ का अपेक्षा अधिकारी, खुसी गुरुङ, स्मृति चपाई, सरस्वती आले मगरले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए । यसैगरी निबन्ध लेखन प्रतियोगितामा कक्षा ६ का स्वस्तिका सिंह, प्रनिशा गौडेल, दिप्सीका खड्का, समर्पण शर्मा कक्षा ७ का सोनिका सुवेदी, युजिन गुरुङ, सदिक्षा सिग्देल, सफल पौडेल र कक्षा ८ का शुभेक्षा खड्का, सौगात गिरी, सुष्मा पौडेल, निशान्त सिग्देलले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए ।

 

यसका साथै कक्षा ९–१० को कविता वाचन प्रयियोगितामा सुमन काफ्ले, दशर्न अधिकारी, अनिशा न्यौपाने र साजन पौडेल, विपिशा भट्टराईले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए । यही चैत्र १३ गते शुक्रबारका दिन आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल डोलराज पाण्डेले प्रतियोगिताका सम्पूर्ण बिजेता विद्यार्थीहरूलाई बधाई दिनुका साथै बिजेताको प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो । साथै उहाँले अतिरिक्त क्रियाकलापको महत्त्व माथि प्रकाशन पार्नुहँदै विद्यालयले आयोजना गरेका सबै प्रतियोगिताहरूमा विद्यार्थीहरूको सक्रिय सहभागीता हुनुपर्ने कुरामा जोड दिनुभएको कुरा विद्यालयका शिक्षक तथा मिडिया संयोजक विष्णुप्रसाद सुवेदीले जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...