एन प्याव्सन कास्कीको साधारण सभा

पोखरा, चैत १४ गते । नेशनल प्याव्सन कास्कीको साधारण सभा शनिवार सम्पन्न भएको छ । साधाराण सभाको उद्घाटन गर्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानु पर्ने बताए ।

‘जव विपत र महामारी सृजना हुन्छ त्यसको प्रत्यक्ष असर विद्यालयमा पर्दछ’ उनले भने, ‘ समस्यालाई चिर्दै विद्यालयलाई अनुकुलतामा लैजानु हाम्रो दायित्व हुन्छ ।’एन प्याव्सन कास्कीले गरेका हरेक गतिविधि उल्लेखनिय रहेको बताउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।

नेशल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके विद्यालय धरासयमा पर्ने बताए ।‘सयम अनुसार हामीले विद्यालयको गुणस्तर वृद्धि गर्न सकेनौ भने विद्यालय वन्द हुने अवस्था सृजना हुन्छ’ उनले भने,‘ विद्यालयलाई दीर्घकाललिन रुपमा सञ्चालन गर्नका लागि हामी परिमार्जित हुन जरुरी छ ।’

 

नेशनल प्याव्सनका केन्द्रीय सदस्य रामबहादुर थापाले संस्थागत विद्यालयलाई नेपाल सरकारले हरेक तवरले दावाव दिन थालेको बताउँदै संस्थागत विद्यालयहरु एक जुट भएर लाग्नु पर्ने उल्लेख गरे ।नेशनल प्याव्सनका केन्द्रीय सदस्य तथा नेशनल प्याव्सन कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीले शिक्षण पद्धतीमा परिमार्जीत गरेर लैजानु अहिलेको आवश्यकता भएको बताए ।

 

कार्यक्रममा नेशनल प्याव्सनको केन्द्रीय सदस्य मनोनित भएकोमा नेशनल प्याव्सन कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीलाई सम्मान गरिएको थिए ।

कार्यक्रममा नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक संगठानीक प्रतिवेदन र कोषाध्यक्ष रत्ना गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...