ब.टी. ट्रेनिङको होली

लेखनाथ, चैत १६ गते । आपसी मेलमिलाप र सद्धावनाको पर्व होलीको अवशरमा लेखनाथमा रहेको बि.टी. ट्रेनिङ सेन्टरले आफ्ना खेलाडीहरु सँग होली पर्व मनाएको छ ।

लेखनाथलाई केन्द्रबिन्दु बनाएर फुटबलको क्षेत्रमा नयाँ आयाम कोर्नको लागि विगत लामो समय देखि ट्रेनिङ सेन्टर संचालन गरेको प्रशिक्षक बिनोद थापाले बताएका छन् । अहिले सम्म ट्रेनिङ सेन्टर बाट उत्पादन भएका खेलाडीहरुले बिभिन्न क्लवहरु बाट खेल खेली सकेका छन् भने राष्ट्रिय स्तरको बि. डिभिजनको क्लबमा समेत आफ्नो खेल प्रर्दशन गरि सकेका छन् ।

खेल जिवनमा आपसी मेलमिलाप भाईचाराको महत्व हुने र होली पर्व पनि यसको एउटा उदाहरण भएका कारण होली पर्व खेलाडीहरु सँग मनाएको बि.टी. ट्रेनिङ सेन्टरकी व्यवस्थापक सम्झना थापाले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...