सौतासँग गएको रिसमा श्रीमतीले टोकेर लिंग चुँडाइदिइन्, डाक्टरले फेरि जोड्न सकेनन्

काठमाडौं। सौतासँग गएर आफूलाई धोका दिएको रिसमा जेठी श्रीमतीले आफ्ना श्रीमानको लिंग टोकेर चुँडाइदिएकी छिन् । पीडितलाई अस्पताल लगिएको भए पनि उनको चुँडिएको लिंग ‘मृत’ भइसकेकोले डाक्टरहरुले त्यसलाई पुनः जोड्न सकेनन् । पूर्वी युगाण्डाको बुगवेरी जिल्लाका मुकाएर बसिर नामका व्यक्ति एक रात अन्तै बसेर सोमबार फर्किएपछि उनकी ३८ वर्षकी श्रीमती असिफा नाकागालोले बसिरको गुप्तांगमा दाँत गाडेकी थिइन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार अब ४९ वर्षका बसिरले बाँकी जीवनमा कहिल्यै यौनसम्बन्ध राख्न सक्ने छैनन् र उनले पिसाब गर्नको लागि पनि क्याथेटरको सहयोग लिनुपर्नेछ । समाचारअनुसार आफ्ना पति घर नफर्किएकोमा नाकागालो आक्रोशित थिइन् त्यसैले उनले पनि घर फर्किनासाथ आक्रमण गरेकी थिइन् । द वर्ल्ड नेटका अनुसार बसिरले आफ्नी अर्की श्रीमती गर्भवती भएकोले आफू राती उनीसँगै बसेर बिहान मात्र फर्किएका थिए ।

मुकाएरको उपचार गरिरहेका डा. सुनाका अनुसार अब उनी बाँकमी जीवनमा यौन सम्बन्धका लागि असक्षम हुनेछन् । अब उनले बाँकी जीवनमा पिसाब फेर्न पनि क्याथेटरको सहायता लिनुपर्ने डाक्टरले बताए । बुसोका इस्ट पुलिस स्टेशनका प्रवक्ता जेम्स मुबीले घटनाको पुष्टि गर्दै आरोपी महिला फरार रहेको बताएका छन् । पुलिसले उनको खोजी गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...