संचारिका समुह गण्डकीले पत्रकार पौडेल र शर्मालाइ पुरस्कृत गर्ने

पोखरा ,चैत १८ गते । संचारिका समुह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारीता पुरस्कार २०७७ बाट यस वर्ष संचारिका समूह गण्डकी प्रदेशका पुर्व अध्यक्ष सुष्मा पौडेललाइ पु्रस्कृत गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा, ब्रोडकास्टीङ एशोसियसन नेपाल (बान) की केन्द्रिय हासचिव दुर्गा अधिकारी र नेपाल आदिवासी जनजाती पत्रकार समुह (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबि आस्था मगर सदस्य रहेको छनौट समितिले उक्त पुरस्कारका लागि पत्रकार पौडेललाइ छनौट गरेको हो ।


पत्रकार सुष्मा पौडेल विगत डेढ दशक देखि पत्रकारीता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ विसं २०६६ साल देखि २०६९ सम्म संचिारका समूह गण्डकी प्रदेश (साविक पश्चिमांचल)को अध्यक्ष रहेर काम गरिसक्नुभएको छ । उहाँले पोखराबाट प्रकाशन हुने आदर्श समाज राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन , पोखरा एफ एम लगायतका संचारमाध्यममा आवद्ध भएर काम गर्नु भएको थियो । उहाँ हाल रेडियो जननीसँग आवद्ध हुनुहुन्छ ।


पत्रकारीता क्षेत्रमा महिलाको सक्रियता, सवलता र नेतृत्व क्षमता बृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले पोखराका सामाजिक व्यक्तित्व तथा पोखरा किन्डर गार्डेन बिद्यालयका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षकोष मार्फत यो पुरस्कार स्थापना गर्नु भएको हो । पुरस्कारको राशि रु २५ हजार , एक सय एक रुपैंया र सम्मानपत्र रहेको छ ।

संचारिका समूह गण्डकी प्रदेशले बिसं २०७१ साल देखि हरेक दुइ दुइ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकारीता क्षेत्रमा अनुभवि, संचारिका समुहमा संस्थागत योगदान दिएका र संचार क्षेत्रमा क्रियाशिल पत्रकार महिलालाइ यो पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यसैगरि उक्त छनौट समितिले संचारिका समुह गण्डकी द्धारा प्रदान गरिंर्दै आएको गुरुङ ब्युटि एकेडेमी जर्नलिज्म अर्वाड २०७७ बाट यस वर्ष क्रियाशिल पत्रकार प्रतिक्षा शर्मालाइ पुरस्कृत गर्ने निर्णय गरेको छ । शर्मा संचारिका समुह स्यांजा जिल्ला सचिव हुनुहुन्छ । उहाँले विगत लामो समय देखि कान्तिपुर दैनिकमा आवद्ध रहि पत्रकारीता गर्दै आउनुभएको छ । पत्रकार महिलालाइ क्रियाशिल र पेशा प्रति जिम्मेवर बन्न हौसल दिने उद्देश्यले बि सं २०७१ सालमा चर्चीत सौंदर्य व्यवसायि चिनु गुरुङले आफ्नो कम्पनी गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गर्नु भएको थियो । यो पुरस्कारको राशि रु १० हजार रुपैंया र सम्मानपत्र रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...