पोखरा रंगशालालाई बजेट अभाव हुदैन् ः प्रधानमन्त्री ओली 

एकराज गिरी/पोखरा, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालामा पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्न संघ सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पोखरा रंगशालाको अवलोकनका लागि पुग्नु भएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘रंगशालामा निर्माणका आधार काम सकिएको रहेछ । अब बाँकी काम पुरा गर्न आवश्यक सबै सहयोग गर्न तयार छौ ।’

प्रधानमन्त्री ओली निर्माण गर्नुपर्ने र निर्माणका चरणमा रहेका खेलकुदका संरचनाका लागि रकम कही हुदैन् भन्नुभयो । उहाँले पोखरा रंगशालामा निर्माण हुने पौडी पोखरी, सुटिङ रेन्ज निर्माणमा केन्द्र सरकार तयार छ भन्नुभयो । पोखरामा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सम्पन्न भैसकेको बताउदै उहाँले भन्नुभयो,‘यो रंगशाला पोखरा, गण्डकी प्रदेश र देशको मात्रै नभएर दक्षिण एशियालकै रंगशाला हो । यहाँ १३ औ सागका केही खेलहरु सम्पन्न भैसकेका छन् ।’ उहाँले पोखरा रंगशालामा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषदले अग्रसता लिनुपर्नेमा जोड दिनुभयो ।उहाँले सातै प्रदेशमा ठूला रंगशाला निर्माणको काम सुरु भएको समेत बताउनुभयो । उहाँले झापा, जनकपुर, बुटलब लगायतका ठाँउमा रंगशाला निर्माणको प्रक्रिया सुरु भएको छ भन्नुभयो ।उहाँले खेलका लागि आवश्यक पूर्वाधार, राम्रा प्रशिक्षक, खेल सामग्री र खेलाडीको प्रोत्साहन लगायतका कुरामा सरकारले प्रारम्भिक काम गरेको बताउनुभयो । खेलाडीलाई खेल्ने वातावरण सृजना गर्ने ओलीले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

 १३ औ सागमा ५१ व्टा मात्रै स्वर्ण पदक जित्न सफल भएको बताउदै भन्नुभयो, ‘३ वटा पदकबाट एक्कै पटकमा ५१ पदक ल्याएर सत्रगुणा प्रगति खेलाडीहरुले गरेका छन् ।यो नेपाली खेलकुदका लािग सुखद हो ।’ प्रधानमन्त्री ओलीले खेलाडीहरुले खेल्दा, सिक्दा इमान्दारी हुनुपर्ने बताउनुभयो ।‘इमान्दारीता साथ सिक्नुस र खेल्नुस उत्तेजीत हुने र कारबाहीमा पर्ने तथा बन्देजपूर्ण औषधीको प्रयोग नगर्नुस ।’उहाँले मेहनत र परिश्रमबाट जित्नुपर्छ जालझेल र बेइमान गर्ने हैन् भन्दै स्वस्थ प्रतिस्पर्धा गरेर जित्नुपर्छ भन्नुभयो ।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको गुरु योजना बारे  जानकारी गराउनु भएको थियो । एघारै जिल्लामा एकएक खेल सञ्चालन गर्ने गरी नवौ खेलको तयारी भैरहेको बताउनुभयो । एशियन फुलबल एशोसिएसनले उत्कृष्ट स्टेडियम भनेर आफनो साइटमा राखेको बताउनुभयो । प्रधानमन्त्रीले विगतमा भन्दा अझ धेरै सहयोगका लागि भुमिका खेल्न आग्रह गर्नुभयो । रंगशालामा पौडि पोखरी, सुटिङ रेन्ज बनाउने र फुटबल मैदानको बाँकी कार्यलाई पूर्णताका लागि आवश्यक बजेट व्यवस्थाका लागि रंगशालामा प्रधानमन्त्रीलाई ल्याउनुको उद्देश्य भएको सिलवालले बताउनुभयो ।

 

प्रधानमन्त्रीलाई रंगशालामा भब्य स्वागत गरिएको थियो कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचना, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, गण्डी प्रदेश सांसद कृष्ण थापा, इन्द्रधारा विष्ट लगायले प्रधानमन्त्री ओलीलाई रंगशालामा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको उपस्थितिले पोखराको खेलकूद बिकासमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा पोखरेली खेलप्रेमीहरुले गर्नुभएको छ । । खेलाडीहरु र खेलकर्मीहरुको सहभागीता रहेको थियो । राखेप सदस्य राजेशकुमार गुरुङले प्रधानमन्त्रीलाई फुटबल स्टेडियमको तस्वीर मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...