पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा, फागुन १८ गते । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।

मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा हालै सम्पन्न बैठकले उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डतर्फ पुरस्कार राशि ३५÷३५ हजार रुपैयाँ पु¥याएको हो । यसअघि उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई २५÷२५ हजार, उत्कृष्ट खेल संघलाई १५ हजार र पत्रकारलाई २० हजार नगद दिइँदैआएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद राशि छैन भने वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिलालाई स्कूटर दिइनेछ । अवार्डको मुख्य प्रायोजक बतास ब्रदर्श हो ।

आयोजकले अवार्डको आवश्यक तयारी तीव्र पारेको छ । अवार्डको लागि गठित विभिन्न उपसमिति संयोजक एवं सदस्य एवं सल्लाहकारसँग छलफल गरी सुझाव लिएको महासचिव विजय नेपालले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...