पोखराका पाँच विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण

पोखरा, फागुन १८ गते । नेपालमा उत्पादन भएका जनशक्तिको कारणले नै संयुक्त रास्ट्रसंघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले बताउनुभयो ।

सोमबार पोखरा महानगरपालिका शिक्षा महाशाखा एवं रोज फाउन्डेसनको सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकहरूको भुमिका सम्बन्धि एक दिने अन्र्तरक्रिया साथै निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा यस्तो बताउनुएको हो ।

 

नेपाल सरकारको चालु आव २०७६÷०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने अनुरूप अनुदानको रकम पनि हस्तान्तरण भैसकेको उहाँले बताउनुभयो।

 

महानगर प्रमुख जिसीले अनुदान स्वरूप प्राप्त रकमलाई व्यवस्थित गरि प्रविधिमा जोडिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित बिषयमा रोज फाउन्डेसनले सहजिकरण गरेको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

 

महानगरद्वारा शिक्षाको क्षेत्र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्व रहेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले किशोरीहरूको संवेदनशिल बिषयप्रति रोज फाउन्डेसनले सक्रियका साथ लागि परेको बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्वका निम्ति महानगरसँग सहकार्य गर्दै फाउन्डेसनले विद्यालयका किशोरीहरूलाई दिइएको शिक्षा महत्त्वपूर्ण रहेको बताउनुभयो ।उक्त कार्यक्रममा रोज फाउन्डेसनका अध्यक्ष माधव भण्डारीले महिनावारी र सेनिटरी प्याडसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिनुभएको थियो ।

 

सोही कार्यक्रममा पोखरा भित्र रहेका पाँच वटा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख जि.सीले निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण गरिएको थियो । जसमा भवानी कालिका मा.वि, विध्ववासिनी मा वि, शिवशक्ति मा वि, महेन्द्र मा वि र रत्न पाण्डे मा वि रहेका छन् । अन्य विद्यालयहरूलाई पनि सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ ।

 

कार्यक्रममा रोज फाउन्डेसनका निर्देशक तथा शिक्षा विभाग प्रमुख विश्वराज पंगेनी, पोखरा महानगरपालिका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा, रोज बहिनी महिला सृजनशिल समाजको केन्द्रीय उपाध्यक्ष देबिका कार्की, रोज फाउन्डेसनको गण्डकी प्रदेशका जिल्ला संयोजक एवं पोखरामा रहेका सामुदायिक विद्यालयका प्राध्यापक शिक्षकशिक्षिकाहरूको उपस्थिती रहेको थियो ।

 

रोज बहिनी महिला सृजनशिल समाज कास्कीका संयोजक लक्ष्मी कार्कीको अध्यक्षता सम्पन्न सो कार्यक्रमको संचालक रोज फाउन्डेसनका केन्द्रीय संयोजक अप्सरा खनालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...