आर्थिक प्रतिवेदन उपलब्ध गराउन माग गदै निवेदन

पोखरा, फागुन १८ गते ।कास्की जिल्ला क्रिकेट संघमा आर्थिक पारर्दशीता माथि प्रश्न उठेको छ । संघको बार्षिक साधारण सभामा कोषााध्यक्षको आर्थिक प्रतिवेदन वितरण नगरी मौखिक रुपमा प्रस्तुत गरिएको भन्दै आर्थिक प्रतिवेदन उपलब्ध गराउन माग गदै निवदेन परेको छ । नेपाली राष्टिय टिमका पूर्व खेलाडी विरेन्द्र पुन कास्की जिल्ला खेलकुद विकास समितिमा निवदेन दिएका छन् ।

उनले सुचनाका हक सम्वन्धि अधिकारको प्रयोग गरेर कास्की जिल्ला खेलकुद विकास समितिमा निवेदन दिएका हुन् । जिल्ला खेलकुद विकास समितिमा संघहरुले आफनो आर्थिक प्रतिवेदन उपलब्ध गराउनुपर्ने हुन्छ । तर जिल्ला खेलकुद विकास मितिमा समेत मंगलबार दिउसो सम्म आर्थिक प्रतिवेदन बुझाइएको थिएन् । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखले निवदेक पुनलाई प्रतिवेदन आउने वित्तिकै उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।क्रिकेटका पूर्व राष्टिय खेलाडी पुनले आर्थिक प्रतिवेदन साधारण सभामा प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताउदै यसले आर्थिक अनियमितता भएको आशंका उब्जाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...