पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति सहित प्राज्ञ सदस्यहरुको सपथ ग्रहण 

पोखरा, फागुन १९ गते । पोखरा महानगरपालिकाले गठन  गरेको  प्रज्ञा प्रतिष्ठानका कुलपति सहित प्राज्ञ सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । प्रतिष्ठानका कुलपति  जनबादी गायक पदमराज ढकाललाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सपथ ग्रहण गराउनु भयो ।

प्राज्ञ सदस्यहरुलाई कुलपति ढकालले सपथ ग्रहण गराउनुभएको भयो । देश संघयीय संरचनामा गएपछि पहिलो पटक स्थानीय सरकार पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएर प्रतिष्ठान गठन गरेको हो । प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनबादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन,  कवियत्री सरस्वती श्रेष्ठ र दिलिप गायक रहनुभएका छ ।  प्रज्ञा प्रतिष्ठानमा उपकुलति र दुई सदस्य रिक्त रहेको छ । पछि  नियूत्त गरिने महानगरले जनाएको छ ।

शपथ ग्रहण कर्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखराको कला, सांहित्य र संस्कृति संरक्षणमा प्रतिष्ठानले सरोकारवालसंग छलफल गरेर गुरु योजना निर्माण प्रस्तुत गर्न आग्रह गर्नुभयो । नेपालका ७५३ स्थानीय तह मध्य प्रतिष्ठान गठन गर्ने पहिलो बनेको भन्दै प्रमुख जिसीले सुरुवाती चरणमा केही कमीकमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउदै जाने बताउनुभयो ।  कुलपति ढकालले पोखरामा सृजना र सांस्कृतिक ग्रामको आवश्यकता रहेको बताउदै त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारसंग सकार्य गरेर निर्माण गर्ने बताउनुभयो ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत,साहित्य र संस्कृतिको उर्वरभुमी भएको बताउदै सबैलाई एकिकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिष्ठानले पोखराका गरिमालाई उच्च बनाउने अपेक्षा उपप्रमुख गुरुङले ब्यक्त गर्नुभयो । कार्यक्रममा सिफारिस समितिका संयोजक रामचन्द्र बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, छनोट समितिका सदस्य मनकुमार श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले नवनियुक्त प्रज्ञा सदस्यहरुलाई शुभकमाना सहित बधाई ज्ञापन गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...