टुरिष्ट रोडमा ओसिस थापाको प्रस्तुती

पोखरा, फागुन १९ गते । गायक ओसिस थापाले पहिलो पटक पोखरामा प्रस्तुती दिने भएका छन् ।

पोखरा नर्थ लेकसाइड स्थित खपौदीमा रहेको द टुरिष्ट रोड विष्ट्रोमा शुक्रबार (मार्च ५ तारिख ) उनले आफ्नो सांगितिक प्रस्तुती राख्ने भएका छन् ।पछिल्लो समय युवाहरुले अत्याधिक रुचाएका रहेका गायक थापा युट्युव र टिकटकमा चर्चित छन् ।

 

संचालक अर्जुन सुवेदीका अनुसार निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।साँझ ६ देखी १० हुने कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड क्रेजी व्रदर्सले प्रस्तुती राख्नेछ ।

कार्यक्रमको मुख्य प्रयोजक टुवोर्ग वियर , सह प्रयोजकमा क्यान्भास वाइन रहेका छन् ।नर्थ लेकसाइडमा रहेको टुरिष्ट रोडले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...