पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टि विहिन दौड सम्पन्न

पोखरा म्याराथनलाई तमु धिं एशोसियसन यूकेको सहयोग 

पोखरा  । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टि विहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन भने भरत अधिकारी दोस्रो र भरत विक्रम वानियाले तेश्रो स्थान हात पारेका छन । उनीहरुले क्रमश नगद ७, ५ र ३ हजार सँगै मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

ह्विल चियर महिला दौडतर्फ अन्जु बराल प्रथम भइन भने प्रवित्रा विक दोस्रो र धना मगरले तेश्रो स्थान हात पारेकी छन । महिला ह्विल चियर दौडतर्फ विजेताले क्रमश नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । यसै गरी दृष्टि विहिन पुरुष दौडतर्फको उपाधि सुनिल राना मगरले हात पारे । उनले उपाधि सँगै नगद ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसै गरी सोही स्पर्धामा प्रमोद दाहाल दोश्रो र प्रेम क्षेत्रीले तेश्रो स्थान हात पारे । उनीहरुले दुवैले क्रमश ५ हजार र ३ हजारका साथमा मेडल र प्रमाणपत्र गरे ।

महिला दृष्टि विहिन दौडतर्फ विनिता पुन प्रथम भइन भने माया गौतमले दोश्रो स्थान र सृजना परियार तेश्रो स्थान प्राप्त गर्दै क्रमश नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

विजेताहरुलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगाएतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । यस अघि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रतियोगिताका निर्णायकहरुलाई झण्डा हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

पोखरा म्याराथनलाई तमु धिं एशोसियसन यूकेको सहयोग 

१५ औं सस्करणको पोखरा म्याराथनलाई यूकेको वृहद सामाजिक संस्था तमु धिं एशोसियसन यूकेले नगद २ लाख ७० हजार सहयोग गरेको छ । उक्त संस्थाका कोषाध्यक्ष एवम समाजसेवी कमल गुरुङले भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।

सोही कार्यक्रममा उक्त संस्थाका लागि नेपालका प्रतिनिधी मेजर लक्ष्मी प्रसाद गुरुङले प्रतियोगिताका लागि नगद १५ हजार सहयोग गरेका छन । कार्यक्रममा सहारा यूकेका सल्लाहाकार लालकाजी गुरुङ र घान्द्रुक समाज यूकेका अध्यूक्ष अर्जुन गुरुङको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...