प्रदेश-१ को संसदीय दलका उपनेताले प्रचण्ड-माधव पक्ष छाडे

विराटनगर । प्रदेश नम्वर १ मा सरकार बचाउन र ढाल्न रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्री शेरधन राई आफनो सत्ता टिकाउन प्रयत्न गरिरहेका छन् भने प्रचण्ड माधव समुह उनलाई हटाउन लागेका छन् । सांसदहरु आफने पक्षमा ल्याउने कसरतमा मुख्यमन्त्री राई लागे छन् । संसदमा दर्ता भएको अविस्वासको प्रस्ताव दर्ता भएको छ ।

यसैवीच प्रदेश–१ को नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले प्रचण्ड-माधव पक्ष छाडेका छन ।उनले तत्कालीन माओवादीबाट ताप्लेजुङमा निर्वाचित प्रदेशसभा सदस्य पद जितेका थिए । उनी नेकपा केन्द्रीय सदस्यसमेत हुन् ।

आङबुहाङले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रचण्डसँग नरहेको बताए । आफू पार्टी एकताको पक्षमा रहेको उनको भनाइ छ । उनी पछिल्लो समय ओली पक्षसँग संवादमा थिए ।प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराउन उनी पनि सक्रिय थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...