मेरो नेपाल युवा क्बले फुटबल प्रतियोगिताबाट बचत रकमले ब्यायामाशाला स्थापना

पोखरा, फागुन २५ गते ।पोखरा महानगरपालिकाको एक क्लबले फुटबल प्रतियोगिता सञ्चालन गरेर वचत रकमले व्यायाशाला स्थापना गरेको छ । पोखरा १४ मा रहेको मेरो नेपाल युवा क्बले आयोजना गरेको पाँचौ सेभेन ए साइड फुटबल प्रतियोगिताबाट बचत रकम,क्लबको भवनको भाडा वापत आउने रकम र विभिन्न दाताबाट रकम संकलन गरेर ३५ लाखको लागतमा व्यायामशाला स्थापना गरेको छ ।

सेभेन ए साइड फुटबलबाट १५ लाख रुपैयाँ बचत भएको थियो भने क्लबको भवनबाट मासिक २५ हजार रुपैयाँ आउने रकम, राष्टिय खेलकुद परिषदबाट प्राप्त ८ लाख रुपैयाँले व्यायामशाला स्थापना गरेको क्लवका उपाध्यक्ष एकेन्द्र कुवँरले जानकारी दिनुभयो । २०४८ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्यहरु गदै आएको उहाँको भनाई । व्यायामशालामा दैनिक २० जनाले एक पटकमा व्यायाम गर्नसक्ने छन् । युवाहरुलाई स्वस्थ र फुर्तिलो बनाउन व्यायामशाला स्थापनाको महत्व दर्शाउन विश्वास क्लबको रहेको छ।

 

क्लबले मझेरीपाटनस्थित आफ्नै कार्यालय भवनको दोस्रो तलामा स्थापना ग रेको व्यायामशालाको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो ।क्लब अध्यक्ष दिवस कुँवरका अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिने खेलाडीले अभ्यास गर्न आवश्यक सामग्री व्यायामशालामा राखिएको छ । उनले अनुसार ट्रेड मिल लगायत केही सामग्री भने थप्नुपर्नेछ । उनले झन्डै ३५ लाख रुपैयाँ खर्चमा व्यायामशाला स्थापना गरिएको जानकारी दिए । व्यायामशालामा केबलक्रस, लेगप्रेस, बेन्चप्रेस जस्ता अत्याधुनिक सामग्री छन ।

क्लबलाई स्थापनाकालदेखि र व्यायामशालाका लागि सक्रियतापूर्वक खटिएर योगदान पुर्‍याएका समाजसेवी तथा क्लबका पूर्वअध्यक्ष राजुकुमार थापालाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । क्लब अध्यक्ष दिवस कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रेमबहादुर कार्की, क्लबका निवर्तमान अध्यक्ष हरि जिसी, समाजसेवीहरु बोधबहादुर कार्की, रोमबहादुर कार्की, बलबहादुर सेन्चुरी, लक्षमण कार्की, पार्वती ढुंगाना, राजुकुमार थापा, क्लबका उपाध्यक्ष एकेन्द्र कुँवर र सचिव कमल ढुंगाना लगायतले बोलेको क्लबले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...