प्रदेश–२ का माओवादी केन्द्रका पाँचजना प्रदेश सांसद एमालेमा जाने तयारीमा

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पाँच जना प्रदेश सांसद नेकपा एमालेमा जाने तयारी गरेका छन्।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा पाँच जना एमालेमा जाने तयारीमा रहेको बताइएको छ।

प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाह, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ।

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामचन्द्र मण्डलले यो छलफलको विषय रहेकोले यसमा अहिले केही नबोल्ने बताए।

राजनीति एकल विचारबाट नचल्ने भएकोले पहिला पनि सबैजना मिलेर सामूहिक निर्णय गरेको र अब पार्टीभित्र बस्ने अथवा छोड्ने एकजुट भएर छलफल गरेपछि मात्र निष्कर्ष निकाल्ने बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...