नेटटीभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन-३ हुँदै

सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपालको सिजन-३’ वर्ल्डलिंक कम्युनिकेशन्सका भगिनी कम्पनीहरु जोडिने भएका छन्।

वर्ल्डलिंकका नेटटिभी र नेपाली पात्रोले उक्त शोका सम्पूर्ण कार्यक्रममा साझेदारी गर्ने भएका हुन्। यो हिमालय टेलिभिजनलगायत सामाजिक सञ्जालमा प्रस्तुत हुनेछ।

सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको वल्र्डलिंकले जनाएको छ। भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेटटीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ।

‘हामी हिमालय टीभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ,’ वर्ल्डलिंक कम्युनिकेशन्स्का निर्देशक मनोज अग्रवालले भने, ‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्नु तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य हिमालय टीभीले गरेको कार्यक्रमलाई सहायता गर्नु हो।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...