गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरू

गोरखा: आगोलागि

मिति २०७७।११।२७ गते, अन्दाजी ०९:४० बजेको समयमा जिल्ला गोरखा आरुघाट गाँउपालिका-२ मान्बु स्थित विजय घलेको घरमा डेरा गरी बस्ने वर्ष ३० की सरीता बि.क.को कस्मेटिक,फेन्सि र टेर्लरमा कोहि नभएको अवस्थामा रिचेत हाइड्रोपावरबाट धार्दिङ बसेरी हाईटेन्सन लाईन मेन्टिनेन्स गडबडिका कारण विद्युत सर्ट भई आगोलागि भएको,  पसलमा भएको सम्पुर्ण सामानहरु जलि नष्ट भएको र रु.१,५०,०००।-(एक लाख पचास हजार) समेत जली नष्ट भएको,मानविय तथा चौपाय क्षति नभएको,उक्त आगोलागिबाट अन्दाजी रु.२०,००,०००।–(बिस लाख) बराबरको क्षति भएको, जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोलि खटि गई आगोलागि नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी पूर्व: लागुऔषध सहित मानिस नियन्त्रणमा

मिति २०७७।११।१७ गते, अन्दाजी ०९:३० बजे, जिल्ला नवलपारासी (पुर्व) कावासोती नगरपालिका-१६ चालिस किलो जंगल स्थित पुर्व-पश्चिम राजमार्गमा प्रहरीको RSCC चेकिङ टोलिले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना७ख १५२० नंम्बरको को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला पर्बत कुश्मा नगरपालिका-१२ बस्ने वर्ष २४ को प्रकाश नेपाली र ऐ. बस्ने वर्ष २२ को दिपेन्द्र बि.क.को साथबाटडाइजेपाम ११ एम्पुल, नुफिन-११ एम्पुल रफेनारागन -११ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

बागलुङ: मृत अवस्थामा फेला परेको

मिति २०७७।११।२७ गते, अन्दाजी १२:५० बजे, जिल्ला बागलुङ बागलुङ नगरपालिका-१० भकुण्डे स्थित दह सामुदायिक बनको खोल्सामा मिति २०७७।११।०८ गते घरबाट हराई रहेको जिल्ला बागलुङ बागलुङ नगरपालिका-१० भकुण्डे बस्ने वर्ष अन्दाजी ४० को फारम बहादुर थापामृत अवास्थामा रहेको  भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

बागलुङ: सवारी दुर्घटना

मिति २०७७।११।२७ गते, अन्दाजी १३:०० बजे, जिल्ला बागलुङ तमानखोला गाँउपालिका-१ भबिर भन्ने स्थानमा ऐ. ढोरपाटन नगरपालिका-१ बुर्तिवाङबाट बोङखानी हुँदै पहिरा जाने भित्री कच्चि सडक खण्डमा गरेको ग १ ज ५७०५ नं.को पिकअप जिप आफै अनियन्त्रित भई सडकदेखी अन्दाजी ३० मिटर तल खस्न जाँदा उक्त जिपमा सवार जिल्ला  बागलुङ तमानखोला गाँउपालिका-१ पहिरा बस्ने वर्ष १७ कीमिना रसाईलीको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारको क्रममा मृत्यु,वर्ष २५ को कोपिल रसाईली,वर्ष ३५ को दमे बि.क, वर्ष २२ को सुशिल रसाईली, वर्ष १२ को गोपाल बि.क,  वर्ष १८ को अर्जुन रसाईलीघाईते भई ऐ. दमे बि.क.,किरण बि.क., गोपाल बि.क., कोपिल रसाईली र सुशिल रसाईलीलाई पोखरामणिपाल ल्याईएको,
घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको  विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँ: सवारी दुर्घटना

मिति २०७७।११।२७ गते, अन्दाजी १२:३० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाँउपालिका-३ पसले स्थित पृथ्वीराजमार्गमा दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग१८प ७५७ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टिन जाँदा स्कुटर चालक ऐ.५ थाङदी बस्ने वर्ष ३५ को अर्जुन तिवारी घाईते भएको,पोखरा स्थित ओम अस्पताल उपचार भईरहेको, अवस्था मध्यम,घटनास्थलमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँ: सवारी दुर्घटना

मिती २०७७।११।२७ गते अन्दाजी ११:३० बजे को समयमा जिल्ला तनहुँ गाँउपालिका-४ डुम्रे बजारमा चन्द्रावतीबाट डुम्रे आउदै गरेको ना५ख ५७९३ नं.को बसले ऐ.४ भैसेखार तिनधारे बस्ने पैदल यात्री वर्ष ५५ की बिमाया गुरुङलाई ठक्कर दिँदा घुडा र बायाँ पैतलामा चोट, अवस्था मध्यम ,मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको , घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...