यसरी गर्न सकिन्छ हिँडडुल नै नगरि वजन कम

काठमाडौं– हिजोआजको व्यस्त दिनचर्यामा हामी आफ्नो भोजनमा ध्यान दिन पाउँदैनौं । यसका कराण हाम्रो वजन बढ्न थाल्छ ।वजन घटाउनका लागि हामी जिममा हजारौं रुपैयाँ खर्च गर्नुका साथै सम्पूर्ण सप्लिमेन्टहरु पनि सेवन गर्छौं ।

त्यसपछि पनि आफ्नो वजन नघटेका कारण हामी चिन्तित हुन थाल्छौं । तर, आज हामी तपाईंहरुलाई वजन कम गर्ने सजिलो तरिका बताउँदै छौं, जसमा तपाईंले हिँडडुल नै नगरीकन आफ्नो वजन कम गर्न सक्नु हुन्छ ।

के हो आइसोमेट्रिक एक्सरसाइज ?

आइसोमेट्रिक एक्सरसाइज अथवा स्टेटिक एक्सरसाइजमा व्यायाम गर्दा शरीरको अंगलाई हल्लाउन आवश्य छैन । तर यसको अर्थ यो व्यायाम गर्नुको कुनै फाइदा हुँदैन भन्ने होइन । आइसोमेट्रिक एक्सरसाइजले तपाईंको शरीरको मांसपेशिलाई बलियो बनाउँछ । त्यस्तै यी एक्सरसाइज गर्दा तपाईंको शरीर प्रत्यक्ष रुपले कुनै गतिविधि नगरेता पनि शरीर भित्रका सम्पूर्ण मांसपेशिहरु सक्रिय हुन्छन् । यदि तपाईं आफ्नो शरीरलाई बलियो बनाउन चाहनु हुन्छ भने यस प्रकारको एक्सरसाइज गर्नु आवश्यक छ ।

केही सजिला आइसोमेट्रिक एक्सरसाइजहरु

हात जोडेर गर्ने एक्सरसाइज

आफ्नो हातलाई नमस्तेको मुद्रामा लैजानु पर्छ । अब दायाँ हातले बायाँ हातमा दबाव दिनु पर्छ । त्यस्तै बायाँ हातले दाया हातलाई दबाव दिनु पर्छ । यसो गर्दा तपाईंको हातको मांसपेशि बलियो हुन्छ । पाखुरा र कुमहरु पनि यसबाट सुडोल बन्छ । यसप्रकार शरीरलाई नहल्लाईकन पनि तपाईंले तिव्र रुपमा क्यालोरी बर्न गर्न सक्नु हुन्छ ।

चेयर पोज

स्कूलमा कहिलेकाहिँ गृहकार्य नगर्दा शिक्षकले तपाईंलाई चेयर ९मेच० बनाइदिएको स्मरण छ ? चेयर पोज पनि एउटा उत्कृष्ट स्टेटिक एक्सरसाइज हो । यो एक्सरसाइज शरीरसंगै मस्तिष्कका लागि पनि अति नै फाइदाजनक हुन्छ । यो एक्सरसाइज गर्नाका लागि सबैभन्दा पहिला आफ्नो हातलाई माथि लैजाने र घुँडालाई मोड्ने । त्यसपछि त्यस्तो पोजिशनमा आउनु पर्छ, जसरी तपाईं कुर्सीमा बस्नु हुन्छ । त्यस्तो पोजिशनमा तपाईं जति समयसम्म रोकिन सक्नु हुन्छ, रोकिनु पर्छ र बिस्तारै–बिस्तारै पुनस् सिधा हुनु पर्छ । यस एक्सरसाइजले तपाईंको सम्पूर्ण शरीरमा रक्त सञ्चार तिव्र गतिमा बढ्छ ।

वाल– ग्राउन्ड पुस

यो एक्सरसाइज गर्नका लागि सबैभन्दा पहिला भित्तामा आफ्नो खुट्टाको पैताला टाँसेर पुसअप्स गर्ने पोजिशनमा आउनु पर्छ । त्यसपछि हातमा जोड लगाएर खुट्टा भित्तामा केहि उचाईमा टिकाउनु पर्छ । हातलाई एकदम सिधा राख्नु पर्छ र खुट्टाले भित्तामा धक्का दिनु पर्छ । यो एक्सरसाइजले तपाईंको खुट्टाको मांसपेशिहरुमा दबाव बन्छ, जसका कारण यो बलियो बन्छ । ग्राउन्ड पुस तपाईंको हातको संगसंगै खुट्टको लागि पनि अति नै फाइदाजनक हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...