रुपा रत्न सम्मानबाट विभिन्न ब्यक्ति सम्मानित, रुपा संगालो विमोचन

पोखरा, फागुन २८ गते । कास्कीको रुपा गाँउपालिकाले स्थानीय तह स्थापनाको दिवसमा विभिन्न क्षेत्रमा योगदान दिएका ब्यत्तिहरुलाई रुपा रत्नबाट सम्मान गरेको छ । साहित्य,कला, खेलकुद लगायतको विद्याबाट रुपा गाँउपालिकालाई राष्टिय तथा अन्तराष्टि क्षेत्रमा चिनाउन भुमिका खेलेको भन्दै रुपाले सम्मान गरेको हो ।

सम्मानितहरुमा सहित्यकार अमर न्यौपाने, हरिहर खनाल, प्रकट पंगेनी शिव, रामबाबु सुवेदी, सूर्य खड्का बिखर्ची, सात्यिकार एवं पत्रकार बद्रीविनोद प्रतिकलाई सम्मान गरेको छ । त्यस्तै रंगकर्मी माओत्से गुरुंग, रविल्ला मियाँ, तथा खेलाडीहरु चन्द्रबहादुर गुरुग रमिता टि खत्री, सुवास खड्का, सुनिल रानामगर र दीपेश आले मगरलाई रुपा रत्नबाट सम्मान गरेको हो ।

सम्मानित सवैलाई उर्जा तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी, एमाले नेता खगराज अधिकारी र गाँउपालिका अध्यक्ष नवराज ओझा, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, गण्डकी प्रदेश सासद दीपक कोइराला लगायतले सम्मापनपत्र, दोसल्ला, माला र अविर लगाएर सम्मान गुर्नभएको थियो । आफनो स्थापना दिवसमा रुपाले रुपा संगालो २०७७ विमोचन समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...