कर्णाली उत्सव समुन्नत प्रदेश निर्माणको सहयोगी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ दोस्रो संस्करण समुन्नत प्रदेश निर्माणको सहयोगी बन्ने बताउनुभएको छ ।

ऋति फाउण्डेशन, सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को समापन कार्यक्रममा बोल्दै उहाँले कर्णालीको भाषा, साहित्य, कला संस्कृतिलाई देश तथा विदेशभरि चिनाउने उद्देश्यले आयोजित उत्सवबाट समुन्नत प्रदेश निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख कलौनीले तीन दिनसम्म सञ्चालन गरेको १४ सत्रमा भौतिक उपस्थिति हुन नसकेपनि विद्युतीय माध्यमको सहयोगबाट उत्सवमा ‘बाडो, थाडो, ओटालो,’ ‘पुईंसाका कुडा,’ ‘हाट जान्या, भोट जान्या,’ ‘पड्नु पड्डो छ,’ ‘आफ्नै कथा, आफ्नै बान्की,’ ‘कहरी सुकालो होला, कहिले जाला कैठ ?, ‘कर्णाली घुमाउटो पड्यो,’ ‘मुख्य मान्ठ, मूल कुडा’ लगायतका विषयको मौलिकताले कर्णालीको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षको व्यापक उठान गरेको उहाँले जनाउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन गर्ने निकाय नै उदासीन रहेको बताउँदै सङ्घीयता कार्यान्वयनका लागि सबैसँग सहकार्य गर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रप्रेम मधेशका नागरिक जत्तिको अरु कसैमा नभएको उल्लेख गर्दै उहाँले मधेश आन्दोलनको बलमा मुलुकमा सङ्घीयता आएको दाबी गर्नुभयो । उहाँले सङ्घीयता मुलुकको मुहार फेर्ने सबैभन्दा बलियो अस्त्र भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उत्सवले कर्णाली र प्रदेश नं २ बीच भावनात्मक सम्बन्ध कायम गर्न सघाउ पुगेको बताउनुभयो । उहाँले यस्ता बहसको अवसरले दुवै प्रदेशको समृद्धिको यात्रालाई सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।

खस भाषासेवी रमानन्द आचार्यले कर्णाली उत्सवले राष्ट्राभाषाका रुपमा परिचित खस भाषाबाट कार्यक्रम गरेर कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुगेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...