पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिङका विद्यार्थीलाई कोभिड संक्रमण, विद्यार्थीमा त्रास

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), पश्चिमाञ्चल क्याम्पसका एक छात्रलाई कोभिड–१९ पोजेटिभ देखिएको छ ।

चैत ६ गतेबाट इन्जिनियरिङको परीक्षा भएका विद्यार्थीलाई कोभिड देखिएको हो । उनी क्याम्पसको छात्राबासमा बस्दै आइरहेका थिए ।

क्याम्पसले उनीसँग जनिक भएका र लक्षण देखिएकाको कोभिड परीक्षण गर्ने तयारी गरेको छ । विद्यार्थी तथा शिक्षकहरु संयमित भएका छन् ।

इन्जिनियरिङको विभिन्न समेस्टरको परीक्षा चैत पहिलो साताबाट सुरु हुँदैछ । यस्तोमा कोभिडका कारण विद्यार्थीहरुलाई मानसिकरुपमा असर पर्ने क्याम्पसका एक विद्यार्थीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...