मिस ग्रेस पोखराको विजेताले नगद ५० हजार  प्राप्त गर्ने

 मिस ग्रेस पोखराको फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ ।

वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा उक्त प्रतियोगिताको फस्ट लुकसार्बजनिक गरिने भएको हो । अन्तरवार्ता र सोसल मिडिया जर्जमेण्ट बाट छनोट भएका १० प्रतियोगिहरुले प्रतियोगितामा प्रस्तुति दिने छन् ।

ग्राण्ड फिनालेको लागि प्रतियोगीहरुलाई चैत्र ७ बाट चैत्र २८ गते सम्म आवश्यक तालिम र अभ्यास गराइने मिस ग्रेस पोखराका कार्यक्रम संयोजक डिजे सस्पोइजनले जनाकारी दिए । मिस ग्रेसका प्रतियोगिहरुलाई दक्ष प्रशिक्षकहरु द्धारा विभिन्नि विधामा प्रशिक्षण गराइने कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिएका छन् ।

पोखरामा हुने गरेका अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक बनाउने कार्यकर्म संयोजक सस्पोइजनले बताए। उक्त कार्यक्रमको विजेताले नगद ५० हजार सहित म्युजिक भिडियो र चितवन भ्रमण प्याकेजका साथै अन्य गिफ्ट ह्याम्पर, पुरस्कारहरु प्राप्त गर्ने मिडिया संयोजक कृष्ण न्यौपानेले जनाकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...