‘टिभिएस स्मार्ट एक्स्चेन्ज अफर’ आइतबारबाट पोखरामा

काठमाडौं । टिभिएस टू–ह्वीलर्सको लागि पोखरा क्षेत्रको बिक्रेता बतास व्रदर्श प्रा.लि.ले ‘स्मार्ट एक्स्चेन्ज’ अफर सुरु गर्नेभएको छ । चैत ८ गते आइतबार सुरु हुने अफर चैत १३ गते शुक्रबारसम्म जारी रहनेछ ।

यो अफर अन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गरिने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । ग्राहकले कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्न चाहेमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने उनले बताए । त्यसको विकल्पमा नगद छुट १० हजार रुपैयाँ वा शुन्यप्रतिशत फाइनान्स सुविधा पनि लिन सकिनेछ ।

पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ स्मार्ट टिभिएस चढ्ने अवसर ग्राहकले प्राप्त गर्ने पोखरेल बताउँछन् । मासिक २ हजार ९ सय ९९ रुपैयाँ किस्ता मात्रै तिर्ने गरी टिभिएस किन्न सकिने कम्पनीले जनाएको छ । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...