अण्डा, आलू, भात… बासी हुँदा यी ७ चिज कहिल्यै नखानु

धेरैजसो मानिसहरु राती बाँकी भएको खाना भोलिपल्ट तताएर खाने गर्छन् । तर स्वास्थ्य विज्ञले भने केही बासी खानेकुरा खाँदा तपाईं बिरामी पर्नसक्ने जानकारी दिँदै यस्ता खानेकुरा ताजा नै खान सुझाएका छन् । आउनुहोस्, आज ती खानेकुराबारे जानकारी लिऔं जुन बासी खाँदा तपाईंको स्वास्थ्य खराब हुनसक्छ ।

अण्डाः

डाक्टर कान्था शेलकेले रिडर्स डाइजेस्टसँगको कुराकानीमा भनिन्, ‘अण्डामा सबैभन्दा धेरै साल्मोनेला हुन्छ । साल्मोनेला एक प्रकारको ब्याक्टेरिया हो जुन काँचो वा आधा पाकेको अण्डामा पाइन्छ । यसका कारण ज्वरो आउने, पेटमा ऐंठन हुने र झाडा लाग्ने जस्ता समस्या हुनसक्छ । धेरैजसो मानिसहरु अण्डालाई कम आँचमा पकाउँछन् जसका कारण यसको ब्याक्टेरिया पूर्ण रुपमा नष्ट भएको हुँदैन र बासी हुँदा यो ब्याक्टेरिया दोब्बर हुन्छ ।’

आलूः

डाक्टर शेलकेका अनुसार आलू पकाएपछि यदि लामो समयसम्म चिसोमा छोडिदिने हो भने यसमा क्लोस्ट्रीडियम बोटुलिनम नामको ब्याक्टेरिया पैदा हुनथाल्छ । यो ब्याक्टेरियाका कारण बोटुलिजम रोग लाग्न सक्छ जसमा धमिलो देखिने, मुख सुक्ने र सास फेर्न समस्या हुनेलगायतका लक्षण देखिन्छ । यो रोग साधारणतया बालबालिकामा देखिने गर्छ । आलूलाई कहिले पनि माइक्रोवेवमा पुनः तताउनु हुँदैन ।

पालुङ्गोः

पालुङ्गोमा भरपुर मात्रामा नाइट्रेट पाइन्छ जुन धेरै पकाएको खण्डमा कार्सिनोजेनिक नाइट्रोसेमाइन्समा परिवर्तन हुने गर्छ । त्यसैले बासी भएको पालुङ्गोलाई पुनः तताएर खानबाट बच्नुहोस् । स्वास्थ्य विज्ञले पालुङ्गोलाई काँचो वा हल्का पकाएर खान सल्लाह दिन्छन् । नाइट्रेटयुक्त कुनै पनि खानेकुरा बढी पकाउनु हुँदैन ।

भातः

भातलाई कोठाको तापक्रममा धेरै बेरसम्म छोड्दा यसमा बेसिलस सेरेस ब्याक्टेरिया बन्न सुरु हुनेछ । बासी भातलाई धेरैपटक तताएर खाँदा फूड पोइजनिङको खतरा रहन्छ । भात पाकेको केही घण्टाभित्रै खाएर सकाउने कोसिस गर्नुहोस् ।

कुखुराको मासु:

अण्डाजस्ता काँचो कुखुराको मासुमा पनि साल्मोनेला ब्याक्टेरिया हुन्छ जुन धेरै बेरसम्म राख्दा ब्याक्टेरिया तीब्र रुपमा बढ्न थाल्छ । यसबाट बच्नका लागि कुखुराको मासुलाई उच्च तापक्रममा राम्रोसँग पकाउनुहोस् । माइक्रोवेवले चिकेनलाई तताउँछ मात्रै, त्यसलाई राम्रोसँग पकाउँदैन त्यसैले ब्याक्टेरिया पूर्ण रुपमा नष्ट हुन पाउँदैन ।

कोल्ड प्रेस्ड ओयल फूडः

फ्ल्याक्स सीड ओयल, अलिभ ओयल, क्यानोला ओयल र अन्य सीड ओयलमा ओमेगा–थ्री फ्याट र अन्य अनस्याचुरेटेड फ्याट पाइन्छ । यो शरीरका लागि निकै फाइदाजनक हुन्छ तर यसले बनेको खाना बासी राख्दा र बारम्बार तताएर खाँदा यो हानिकारक हुन्छ र

चिल्लो खानेकुराः

चिल्लो खानेकुरालाई तातो गर्दा यसमा हानिकारक केमिकल्स बन्न थाल्छ जुन स्वास्थ्यका लागि निकै खतरनाक छ । यदि तपाईंलाई यो असाध्यै खान मन लागेको छ भने यसलाई नतताइकनै खानुहोस् वा निकै कम आँचमा तताउनुहोस् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...