खास्टे ताल महोत्सवमा ११० स्टल,५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा

पोखरा, चैत १० गते । पोखरा महानगरपालिकाको वडा नम्बर २६ मा खास्टे, रहेका न्यूरेनी र गुँदे तालको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम खास्टे ताल महोत्सव २०७७ आयोजना गरिएको छ । चैत १२ देखि २२ गतेसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव खरानेफाँटमा सञ्चालन हुने भएको छ।

‘लेखनाथ खास्टे ताल महोत्सव जाऔँ, प्रकृति र संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा १ सय १० वटा स्टलहरू रहने कार्यक्रम संयोजक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो । एक करोड मूल्य बराबरको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवको मुख्य आकर्षणको रूपमा खास्टे तालमा पाइने माछाको स्टल रहनेछ ।खास्टे तालमा ३० लाख हाराहारीमा माछा रहेका छन ।

सहकारीले बिक्री गर्ने लोकल सहर माछाको एक केजीको एक हजार रुपैयाँ, भ्याकुरको ५ सय, ग्रास, कमन, नैनी लगायतको ४ सय ५० र सानो माछाको प्रति केजी ३ सय मूल्य तोकिएको छ । यहाँ उत्पादन भएका माछाको माग बढ्दै गएको छ ।

यसका अलावा स्थानीय जेठो बुडो धानको सहित खाद्य, लत्ता कपडा, खास्टे फेन्सी , जुत्ता चप्पल लगायतको स्टल रहनेछन । खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको आयोजनामा सञ्चालन हुने महोत्सव सम्पन्न गर्न ९७ लाख ५० हजार खर्च लाग्ने संयोजक अधिकारीले बताउनुभयो । महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरी एक लाख बचत गर्ने समितिले लक्ष्य राखेको छ । महोत्सवमा कुल ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...