फिल्म हलको सबैभन्दा अगाडि जोडीको यौनलीला, जोडीलाई पुरस्कार दिने हलको तयारी

काठमाडौं। फिल्म हलको सबैभन्दा अगाडि पर्दाकै छेउमा एक जोडीको यौनक्रिया क्यामेरामा रेकर्ड भएको छ । उनीहरुले सिनेमाघरभित्र छिरेर पपकर्न र ड्रिकसमेत लिएर हलमा गएर यस्तो हर्कत गरेका थिए । लकडाउनले बन्द अवस्थामा रहेको रुसको सेन्ट पिटसबर्ग शहरको साउथ पोल सपिङ सेन्टरमा रहेको किनोग्राद सिनेमा हलमा यो जोडी रातको समयमा छिरेका थिए ।

सीसीटिभी फुटेजमा यो जोडीले खानाको काउन्टरबाट पपकर्न र ड्रिंक्स लिएको समेत देख्न सकिन्छ । फुटेजमा यो जोडी स्क्रिनिङ हलमा प्रवेश गरेको र त्यसपछि हलको अघिल्लो लाइनमा आरामसँग यौनक्रियडा गरेको देख्न सकिन्छ । उनीहरु रातभर त्यहीँ बसेका थिए । भोलिपल्ट बिहान पनि यो जोडी सुरक्षा गार्डको नजरमा नपरी यहाँबाट बाहिर निस्किए ।

द सनको रिपोर्टअनुसार भोलिपल्ट बिहान त्यहाँबाट निस्कनुअघि यो जोडीले त्यहाँको सबै फोहर सफा गरेर निस्किएको सिनेमाघरका एक प्रवक्ताले बताए । स्थानीय मिडियाका अनुसार सिनेमा हलले यो जोडीलाई हलबाट निस्किनुअघि सम्मानपूर्वक त्यहाँको फोहर सफा गरेर निस्किएकोमा एउटा विशेष स्क्रिनिङको लागि टिकट दिने बारेमा सोचिरहेको छ ।

यद्यपि धेरैले यो घटनाले त्यो सपिङ मलमा सुरक्षाको चिन्ता बढाएको भन्दै यो जोडीलाई पुरस्कृत गरिनुभन्दा दण्डित गरिनुपर्ने बताएका छन् । यो घटनाबारे पुलिसमा कुनै उजुरी गरिएको छ वा छैन र पुलिसले यस विषयमा आफैं एक्सन लिन्छ कि लिँदैन भन्ने प्रस्ट छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...