नेपाल किर्गिस्तान आज दशरथ रंगशालामा प्रतिस्पर्धा गदै

पोखरा, चैत १२ गते ।किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल दशरथ रंगशालमा नेपाल र किर्गिस्तान यु २े३ टोली  खेल हुदै छ ।


आज साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन। दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...