अन्नपूर्णको आयोजनामा शनिबार रक्तदान

पोखरा चैत १९ गते ।रेडियो अन्नपूर्णको आयोजनामा चैत २१ गते शनिबार हुने १९ औं वृहत रक्तदान कार्यक्रमलाई सफल पार्न पोखराका विभिन्न संघसंस्थाले जोड दिएका छन् । रेडियोको सभाहलमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न व्यवसायिक संघसंस्थाले स्वास्थ्य मापदण्डको पालना गर्दै रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका अध्यक्ष विश्वशंकर पालिखेले नयाँ रक्तदातालाई प्रोत्साहन गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए । उनले आफुहरु संख्यात्मक भन्दा पनि गुणात्मक रक्तदाताको खोजीमा भएको बताए । उनले कोभिड महामारीका बिच हुने रक्तदान कार्यक्रममा सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको जनाए ।

 

रक्तदान कार्यक्रममा सहकार्य गरेको प्राइम सहकारी संस्था लि. पोखरा गैह्रापाटनका अध्यक्ष निदेश कोइरालाले रेडियोले आयोजना गरेको रक्तदान कार्यक्रममा सरिक भई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । विविध संघसंस्थाको सहकार्यले रक्तदान कार्यक्रममा सबैको अपनत्व हुने उनले बताए ।

 

नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका अध्यक्ष कविराज पौडेलले अहिलेको फरक परिस्थितिमा रक्तदान गर्न चुनौती भएता पनि आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।रक्तदान कार्यक्रमको प्रायोजनमा रहेको नेलम्वो नेपालका जनसम्पर्क अधिकृत भिमप्रसाद भण्डारीले रेडियोमा हुने रक्तदान कार्यक्रममा आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

पोखरा इन्टरनेट प्रालीका संचालक विजेश पालिखेले कोरोना संक्रमणको समयमा रक्तदान कार्यक्रम सुरक्षित ढंगले सफल पार्न स्वयमसेवकको व्यवस्थापनमा सहयोग गर्ने बताए ।कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले प्रदेशस्तरिय भेलाको अवसरमा रेडियोसँग सहकार्य गरेर रक्तदान कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे ।

 

लायन्स क्लब अफ गण्डकी दोभानकी अध्यक्ष जोर्जिना भट्टराईले रेडियो अन्नपूर्ण जस्तो प्रतिष्ठित संस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको र सबैलाई रक्तदान कार्यक्रममा सरिक भई रक्तदान गर्न आह्वान गरिन् ।कार्यक्रम संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्टेशन म्यानेजर संजयकुमार मल्लले कार्यक्रमलाई प्रभावकारी बनाउने दाबी गरे ।

 

रेडियो अन्नपूर्णको तर्फबाट कार्यक्रम संयोजक दीननाथ बराल, संघसंस्था परिचालन संयोजक आरजुबिष्ट शल्यानी, प्रचार संयोजक सन्तोष बस्याल प्राविधिक संयोजक नारायण कँुइकेल, रेडियोका मार्केटिङ म्यानेजर नारायण पौडेल, रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्र, सविन रेग्मी, अरबिन विक्रम राणा, सुदीप पौडेल, निशा भारती, एलिजा क्षेत्री, हरी थापा, मीना थापा, स्वयम् सेवक परिचालन संयोजक कविता श्रेष्ठ, मार्केटिङ म्यानेजर निराजन पौडेल लगायातका रहेका छन् ।

 

त्यसैगरी कास्की नेत्रहीन संघको तर्फबाट संघका अध्यक्ष श्रीकान्त सापकोटा, उपाध्यक्ष अमृत बराल, सचिव कुसलराज पौडेल, कोषाध्यक्ष सम्राट गौतम, सहसचिव एवं पूर्व रेडियो अन्नपूर्णकर्मी सुनिता ज्ञवाली, अन्य सदस्यहरुमा डा.शरद कोइराला, उमनाथ अधिकारी, तिलमाया विक, अक्षय खड्की, हरी केसी, अधिवक्ता बिष्णु खनाल, शान्ती केसी, गण्डकी प्रदेश नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले रक्तदान गर्ने भएका छन् ।

 

रेडियो अन्नपूर्णको १९ औं रक्तदान कार्यक्रम सफल पार्न प्राइम सहकारी संस्था लि. पोखरा र नेपाल इन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले सहकार्य गरेको छ । यस्तै विशेष सहयोगीमा सपना आयूर्वेद प्रालि, लायन्स क्लव अफ पोखरा गण्डकी दोभान (पोखरा), पोखरा इन्टरनेट प्रा.लि, लायन्स क्लव अफ पोखरा सेन्टिनियल पोखरा, एरोलाइट एएसी ब्लक, एक्टिभ इन्स्टीच्यूट अफ इन्फरमेसन टेक्नोलोजी चिप्लेढुङ्गा, बाजेको माछा महल शान्तिनगरचोक, व्याम्बो क्याटरीङ्ग सर्भिस ड्यामसाइड, कास्की नेत्रहीन संघ रहेको छ ।

 

प्रायोजन तर्फ डावर नेपाल प्रालिले जुस, आर.एल.पी अण्डा सप्लार्यसका संचालक राजु पौडेलले अण्डा, पोखरा फ्रुट सेन्टर काठमाण्डौंका संचालक अमर बानीयाले फलफूल, नेलम्वो नेपाल पोखरा ४ गैह्रापाटनले माक्स सेनीटाइजर, न्यू राष्ट्रियता छापाखाना भिमसेन टोल पोखराले प्रमाणपत्र छपाई, पेनगुइन मिनरल वाटर पोखरा २५ हेम्जाले पानी, तालवाराही फार्मेसी र परिचित मेडिकल गैह्रापाटन पोखराले मेडिकल सामग्री, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसन र कृषि विकास बैंकका महेश पौडेल रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...