पामे बजार सरसफाई

पोखरा, चैत १९ /६४ औ राष्टिय सहकारी दिवसको अवसरमा पामे बचत तथा ऋण सहकारी संस्थाले पामे बजार सरसफाई गरेको छ । संस्था रहेको पामे बजार, फेवातालमा पानी आउने खोलाहरुमा सरसफाई गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुर्यमोहन पराजुलीले जानकारी दिए ।

उनले पामे बजार पछिल्लो समय धेरैको आक्रर्षक केन्द्रविन्दु बन्दै गएको बताए । उनले बजारलाई सरसफाई र हरीयाली राख्न पनि सरसफाई गरेको बताए । उनले अन्य समयमा पनि विभिन्न संघ संस्था सगँ समन्वय गरेर सरसफाई अभियानलाई निरन्तरता दिने बताए ।

सरसफाईमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाउँ र प्रहरी चौकी मासेको सहभागीता जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...